२०८३, ७ कार्तिक शनिबार

उदयपुरमा ३५ किलो गाँजासहित ३ युवा समातियो

उदयपुरमा ३५ किलो गाँजासहित ३ युवा समातियो


उदयपुर, २१ भदौ ः उदुपुरमा सशस्त्र प्रहरील प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित तीन युवकलाई पक्राउ परेको छ । उनीहरुलाई हिजो शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार रहेको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले जानकारी दिएका छन्। एसपी राईकाअनुसार बि.आर. ११ एफ ३२५७ नम्बरको भारतीय जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर बेलका नगरपालिका–५ शिखरमाडीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो। ‘गाँजा बोक्न प्रयोग भएको गाडी भारतीय हो,’ एसपी राईले भने, ‘पक्राउ परेका तीनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाइएको छ ।’

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ९ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना