२०८३, २० आश्विन बुधबार

‘सयौं थुँगा..’ गाएर पशुपतिमा आरती

‘सयौं थुँगा..’ गाएर पशुपतिमा आरती


काठमाडौं, भदौ २१ : चलचित्र हल र पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने सरकारको नयाँ नियम सुनेर राष्ट्रिय गान छनोट समितिका संयोजक सत्यमोहन जोशी छक्क परेका छन् । उनी भन्छन्, ‘राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

सरकारले आगामी संविधान दिवस (असोज ३) देखि चलचित्र हलमा चलचित्र र तत्कालै लागू हुने गरी पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनैपर्ने र राष्ट्रिय झन्डा फहराउनुपर्ने निर्णय गरेपछि अनेक टिप्पणी भइरहेका छन्। सामाजिक सञ्जालमा यसलाई लोकतान्त्रिक गणतन्त्रमा पञ्चायती राजको झल्को भनेर टिप्पणी गरिएको छ।

‘पारि किनारमा राखिएको लासलाई श्रद्धाञ्जली र शोकाकुललाई समवेदना। त्यो वातावरणमा ‘सयौं थुँगा…’ राष्ट्रगानको यो जस्तो दुरुपयोग अरू के हो।’ सामाजिक सञ्जालमा प्रतिक्रिया छ, ‘राष्ट्रिय गानलाई नाचगान बनाउन खोजिँदै छ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपति मन्दिरमा एक साताअघि प्रत्येक दिन साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाउन थालिएको हो।

संविधान दिवसदेखि चलचित्र हलमा राष्ट्रिय गान बजाउने निर्देशन भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सबैजसो मन्त्री र सचिवसहितको बैठकले दुई साताअघि दिएको हो।

सरकारले संघीय संसद्मा पेस गर्न तयार गरेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा समेत सबै फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था छ ।

मानवशास्त्री सुरेश ढकाल राज्यसत्ताले आफू कमजोर भएका बेला मात्र नागरिकलाई आफूप्रति बफादार रहेको देखाउन यस्ता हतकण्डा गर्ने गरेको बताउँछन्। ‘राष्ट्र र नागरिकबीचको सम्बन्ध अन्योल भएका बेला हो यो, जग नभएको जस्तो,’ ढकालले भने, ‘राज्य बलियो भयो नागरिक स्वस्फूर्त नतमस्तक बन्छन्। पहिले प्रयोग गरेर छाडिसकेको परम्परा हो यो। राज्यको अधीनमा तिमीहरू छौ भनेर बल प्रयोग गरेजस्तो देखियो।’

दैनिक व्यवहारमा राष्ट्रिय गान गाउँदा राष्ट्रप्रति सम्मान कम हुने ढकालको तर्क छ। सडक पेटीका व्यापारी र राज्यको उच्च ओहदामा बसेका प्रधानमन्त्रीबीच राष्ट्रप्रतिको बुझाइ फरक पर्ने गरेको उनले बताए । उनले भने, ‘राष्ट्रिय गान ख्यालठट्टाको विषय होइन। आरतीका बेला, फिल्म हल वा जुनसुकै बेला गाउने हो भने उल्टो परिणाम आउँछ।’ चलचित्र हल वा आरती गर्दैगर्दा राष्ट्रिय गान बजाउँदा सहभागी नउठे कारबाहीको भागीदार हुन सक्ने उनी बताउँछन्।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ७ : ०१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि