२०८३, २४ भाद्र बिहीबार

भिमफेदीमा सुमो पल्टियो, तीनको मृत्यु ८ घाइते

भिमफेदीमा सुमो पल्टियो, तीनको मृत्यु ८ घाइते


हेटौंडा, २० भदौ : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीमा भएको टाटा सुमो पल्टिंदा मृत्यु हुनेको सख्या तीन पुगेको छ । घटनामा अन्य ८ जना घाईते भएका छन् । दुर्घटनामा एक जनाको घटना स्थलमानै मृत्यु भएको थियो भने अरु दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोतरी जिल्ला माईस्थान गाउँपालिका वडा नम्बर ६ वस्ने ७० बर्षीय बिरसिंह वाईवा, सर्लाही वरथवा नगरपालिका वडा नम्बर ३ वस्ने ६० बर्षीय महेन्द्र सहनी र सर्लाहीका एजना दश महिने शिसु समरागी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

हेटौंडा –काठमाण्डौ छोटो दुरीको मार्ग अन्तर्गत सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो दुर्घटनामा परेको थियो । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीबाट सुमो ५० मिटर तल झर्दा दुर्घटना भएको प्रतक्षदर्शीले बताएका छन् । घाईतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ८ : ५८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको