२०८३, १६ बैशाख बिहीबार

अपहरणकारी समातियो, अपहरित बालिकाको प्रहरीद्वारा उद्धार

अपहरणकारी समातियो, अपहरित बालिकाको प्रहरीद्वारा उद्धार


काठमाडौं, २० भदौं :  प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकबाट अपहरणमा परेकी ५ वर्षीय बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार समेत गरेको छ ।

रुपन्देहीको रोहीणी–२ स्थित बैकुण्ठपुर घर भई भैरहवामा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खान की ५ वर्षीया छोरी घरको आगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा अहमत खानको परिवारले मासु पसल सञ्चालन गर्दै आएको थियो ।

प्रहरीले अपहरित बालिकाको रोहीणी गाउपालिका–२ रोहिणी पुल नजिकको जङ्गलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

अपहरणकारीले बालिकालाई जङ्गलमा मुख थुनी नियन्त्रणमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बालिकाको उद्धारसँगै अपहरणकारी जिल्ला महराजगञ्ज थाना निच्लल ग्राम मिठौराबजार भारत घर भएका व्यक्ति हुन् । उनी हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–७ कोटिहवामा डेरा गरी बस्दै आएका थिए । अपहरणकारी पेन्टरको काम गर्ने २३ वर्षीय मनिष निगमलाई नियन्त्रण गरेको प्रहरी प्रवक्ता भण्डारीले जनाएका छन् । पक्राउ परेका निगमलाई थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
–––

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ८ : ०२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले