२०८३, १६ बैशाख बिहीबार

बोरामा हाली कोसीमा मिल्काएको अभियोगमा नेकपाका नेता थुनिए

बोरामा हाली कोसीमा मिल्काएको अभियोगमा नेकपाका नेता थुनिए


काठमाडौं, २० भदौ । गाउँकी एक महिलाको ज्यान मार्ने प्रयास गरेको मुद्दामा सप्तरी जिल्ला अदालतले नेकपाका नेता शेख कलिमुल्लाहलाई थुनामा राख्न आदेश दिएको छ। कलिमुल्लाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका नेता हुन् । उनलाई शुक्रबार पूर्पक्षका लागि जेल चलान गरिएको हो ।

जेल चलान गरिएका शेख स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । अहिले उनी नेकपाको साधारण सदस्य रहेका छन् ।

रौतहटको गरुडा नगरपालिका–८ का शेखसहितले २८ वर्षअघि स्थानीय बकरिल खातुनलाई ज्यूँदै बोराभित्र राखी बाँधेर सप्तरीको रम्पुरा मल्हनियाँबाट कोसी नदीमा फालेको अभियोग लगवाउँदै उनीविरुद्ध मुद्धा दायर गरिएको थियो । उनी आफ्ना कानून व्यवसायी मार्फत् घट्ना भएको २८ वर्षपछि अदालतमा हाजिर भएका थिए ।

२०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोसी नदीमा फालिएका खातुनलाई दाउरा खोज्न गएका स्थानीयले ज्यूँदै उद्धार गरेका थिए ।

कानुन व्यवसायीसहित उपस्थित भए पनि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिए बमोजिम राजविराज कारागारमा पठाइएको सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाइले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ७ : ३५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले