२०८२, २३ असार सोमबार

खोलाले जीप बगाउँदा एकको मृत्यु, दुई घाइते

खोलाले जीप बगाउँदा एकको मृत्यु, दुई घाइते


चरिकोट, भदौ २० : दोलखाको सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले जानकारी दिए ।

जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएको तामाङले बताए। उनीहरुको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर करिब १० मिटर तल पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ८ : ३५ बजे

भगवान राम नेपालमै जन्मिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’को जन्म नेपालमै

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

काठमाडौं ।  पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत