२०८२, २४ कार्तिक सोमबार

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु


मेलम्ची, १९ भदौ : डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेङ्गु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पु¥याएको हो । अस्पतालले डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिनुभयो ।

अस्पतालले दनुवारको मृत्यु डेङ्गुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँवासीमा डेङ्गुको थप सङ्क्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार  ६ : ०४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य