२०८२, १८ मंसिर बिहीबार

जीप दुर्घटनामा तीनको मृत्यु

जीप दुर्घटनामा तीनको मृत्यु


वालिङ, १८ भदौ : स्याङ्जाको गल्याङमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् ।

घाइतेको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

आज दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो । दुर्घटनापर्नेमा तीज मनाएर घर फर्कंदै गरेका महिला धेरै छन् । ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । रासस

प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार  १० : ३१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको