२०८३, १४ श्रावण शुक्रबार

काभ्रेमा दुध बिक्रीबाट मात्रै दैनिक १ करोड भित्रियो, चिस्यान केन्द्र पनि थपियो

काभ्रेमा दुध बिक्रीबाट मात्रै दैनिक १ करोड भित्रियो, चिस्यान केन्द्र पनि थपियो


धुलिखेल, १६ भदौँ: काभ्रे जिल्लामा दुध विक्रीबाट मात्रै दैनिक १ करोड रकम भित्र्ने गरेको छ । काभ्रेबाट राजधानीमा खपत हुने दुधबाट जिल्लामा उक्त रकम भित्री रहेको हो ।

जिल्लाबाट दैनिक ३ लाख लिटर दुध उत्पादन हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड काभ्रेले जनाएको छ । जिल्लालाई सरकारले मुलुककै पहिलो दुध आत्मनिर्भर जिल्ला घोषणा समेत गरेको छ । ३ लाख मध्ये जिल्लामा ५० हजारमात्रै खपत हुने र बाँकी राजधानी निर्यात हुदैँ आएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । राजधानीमा खपत हुने दुधबाट मात्रै दैनिक १ करोड रकम जिल्ला भित्र्ने गरेको हो । जिल्लामा दुध उत्पादन बृद्धिभएसँगै दुध चिस्यान केन्द्रहरु पनि थपिदैँ गएका छन् । जिल्लाको मूख्य बजार क्षेत्रमा मात्रै होइन गाउँ गाउँमा चिस्यान केन्द्रहरु स्थापना भएको छन् ।

साँगाभञ्ज्याङ, नाला, नगरकोट, जर्सिङपौवा, ग्याम्पेडाँडा, लाकुरी भञ्ज्याङ, सुडाल सहित ८ वटा नाकाबाट जिल्लामा उत्पादन भएका दुध राजधानी निर्यात हुदै आएको छ । तर उन्नत जातका पशुपालन गरेर राम्रो आम्दानी लिने सोचमा रहेका राजधानीसँग नजिक रहेको यस जिल्लाका कृषकहरु ठेकेदार ब्यापारिबाटै दुध बिक्री वितरण हुदाँ मर्कामा पर्दै आइरहेका छन् । ब्यापारिबाट बिक्री वितरण गरिने दुध गुणस्तरीय समेत नहुने गरेको पाइएको छ ।

जिल्ला भित्र कुल दुध उत्पादनको ३२ प्रतिशत मात्रै खपत हुने गरेको छ । बाँकी राजधानी निर्यात हुन्छ । बिक्री प्रणालीमा एकरुपता नहुदाँ कृषकहरुले भने लागत अनुसार उचित मूल्य पाउन सकेका छैनन् । बनेपा, पनौती, धुलिखेल, ढुंखर्क, कुशादेवी, गैरीबिसौना, बालुवापाटी देउपुर, रविओवी, पात्लेखेत, पाँचखाल, नयाँगाउँ, रयाले, चण्डेनी मण्डन, महादेवस्थान, नाला, ज्याम्दी, भकुण्डे, दाप्चा लगायतका ठाउँमा गरी ४० हजारको हाराहारीमा कृषकहरुले ब्यवसायीक रुपमा दुध उत्पादन गर्दै आइरहेका छन् । २ हजार भन्दा बढी प्रत्यक्ष रोगजारबाट लाभान्वित भएका छन् । ब्यवसायीक गाई तथा भैसी फर्महरु दर्ता गरेर सञ्चालन गर्नेको संख्या पछिल्लो समय ह्वात्तै बढ्दो छ ।

जिल्लाको अति विकट डाँडापारी क्षेत्रबाट सहज रुपमा बजारसम्म दुध पुरयाउन यातायातको समस्या छ । त्यस्तै बर्षातको समयमा जिल्लाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध हुने भएकाले सहज रुपमा दुध ढुवानी गर्न मुस्किल पर्ने गरेको छ । जिल्ला पशु सेवा कार्यालयले उन्नत जातको नश्ल सुधार, पशु आहारा विकास र घाँसको बीउ उत्पादन कार्याक्रम चलाइ रहेको छ । तर ग्रामीण भेगमा रहेका पशु सेवा केन्द्रहरुमा कर्मचारी जान नमान्दा कार्यालयको सेवा भने प्रभावकारी बन्न सकेको छैन् । त्यस्तै पर्याप्त पानी नहुनु, परम्परागत पशु पालन, गोठ सुधार, हिउँदे घाउँको ब्यवस्थापन, प्राविधिक सामग्री जस्ता विषयमा राज्यले कुनै सहुलियत नदिएको कृषकहरुको गुनासो छ ।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ५१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा