२०८२, २९ पुस मंगलबार

नेपालगन्जमा गोलि चल्यो, एक घाइते

नेपालगन्जमा गोलि चल्यो, एक घाइते


नेपालगन्ज , १६ भदौ : चोरी डकैती मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परिसकेको अवस्थामा उनी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले बताएको छ। गोली लागेका उनी घाइते छन्। सोमबार दिउँसो तीन बजेतिर भारतबाट नेपाल आउँदै गरेको सूचनाको आधारमा बाँकेको बैजनाथ–४ बानियाभारका नरेन्द्र न्यौपानेलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले नियन्त्रणमा लिएको हो।

इप्रका प्रमुख डीएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले पक्राउ गरी मोटरसाइकलमा ल्याउँदै गर्दा चलिरहेको मोटरसाइकलबाट भाग्ने क्रममा गोली प्रहार गर्नुपरेको इप्रकाले जनाएको छ। डीएसपी शाहीले भने, ‘नेपालगन्ज २० राँझा चोकभन्दा उत्तरतिर केही पर पुगेपछि मोटरसाइकलबाट भाग्नै लाग्दा इन्काउन्टर गरेका हौं।’ बायाँ खुट्टामा गोली लागेका न्यौपानको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

साबिक बेलुवा गाविस–७ (बाँसगढी नगरपालिका–१) देउरालीमा यूएनको गाडी लुटपाट गरेको कसुरमा न्यौपानेसहितलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद २७ हजार ९०० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ०१ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका