२०८२, २८ चैत्र आईतबार

ब्याजको दुष्चक्र : कसरी परे गायक ढकाल ऋणको जालोमा ?

ब्याजको दुष्चक्र : कसरी परे गायक ढकाल ऋणको जालोमा ?


काठमाडौं , भदौ १६ : गायक रामकृष्ण ढकाललाई ‘लालीगुराँस’ शब्ददेखि विरक्त लागेर आउँछ । लालीगुराँस शब्द जोडिएको गीत गाउन ‘अफर’ आउँदा रुचि जाग्दैन, अरूलाई नै सिफारिस गर्छन् । यसको कारण हो, श्री लालीगुराँस नामधारी सहकारी संस्थाबाट ऋण लिएपछि पाएको हैरानी । ऋणका कारण उनको घरजग्गा मात्र लिलाम भएको छैन, सहकारीले आफ्नो बदनाम गर्न खोजेको उनको बुझाइ छ ।

पछिल्लो समय रामकृष्ण र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबीच आरोप प्रत्यारोप चलिरहेको छ । यो विवादको चुरो सुरु हुन्छ, एक दशकअघि । गायक रामकृष्ण ढकाल लाजिम्पाटस्थित र्‍याडिसन होटल पछाडिपट्टि बस्थे । उनलाई बंगलो खालको घर लिने रहर भयो । अनि ललितपुरको हात्तीगौंडास्थित कोलोनीमा सरे । एक त अलि टाढा, त्यसमाथि अलि ठूलो घर । डेढ/दुई वर्षमै उनको रहर पुग्यो ।

कोलोनीको घर भाडामा दिएर हामी कतै भाडामा बस्ने परिवारमा सल्लाह भयो । घरबाट महिनाको करिब ५०/६० हजार रुपैयाँ भाडा आउने अनुमान थियो । कतै फ्ल्याट लिएर बस्दा आधा रकम पर्याप्त हुने अनि करिब आधा रकम जोगिने उनको हिसाब थियो । रामकृष्ण घरको रेखदेखका लागि त्यहाँ नजिकै बस्न चाहन्थे । तर आफन्त र नातेदार नजिक हुने भएकाले भैंसेपाटीतिर फ्ल्याट खोज्न थाले ।

ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका एक जना सञ्चालकसँग रामकृष्णको चिनजान थियो । सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उनलाई ‘ज्वाइँ साप’ भनी नाता लगाउने गर्थे । सुरेन्द्रले उनको निवासमा आएर ‘भैंसेपाटीमा घर छ, यो हाम्रो हो’ भनेर भाडामा बस्न अफर गरे । रामकृष्णको परिवार करिब ६ महिना त्यही घरमा भाडामा बस्यो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

एक दिन सुरेन्द्र घर मिलाइदिने प्रस्ताव लिएर रामकृष्णकहाँ पुगे । उनी रेकर्डिङका लागि बारम्बार मुम्बई जाने आउने गरिरहेका थिए । श्रीमती नीलमले गएर घर हेरिन् । उनलाई ठीकै लागेछ । लालीगुराँसकै भण्डारीले लोन मिलाइदिने भए । ९ आनामा बनेको साढे दुई तले घर लालीगुराँसको १ करोड ८० लाख रुपैयाँ लोनसहित २०६६ फागुन ४ गते नीलमका नाममा पास भयो ।

गायक ढकालले कान्तिपुरलाई सुनाए, ‘मसँग करिब २५/३० लाख रुपैयाँ थियो । हामी मिलाइदिन्छौं भनेर उहाँ (भण्डारी) ले भन्नुभयो । मैले १ करोड ८० लाख रुपैयाँ त्यहाँबाट लिएँ । घरको मूल्य करिब २ करोड २५ लाख रुपैयाँ थियो । पास, मर्मत सम्भारमा अलिअलि खर्च भयो ।’

घर लिएपछि रामकृष्णले ऋण तिर्न थाले । करिब १७ प्रतिशत ब्याज र अन्य खर्च गर्दा मासिक करिब ३ लाख रुपैयाँ बुझाउनुपर्ने भयो । रामकृष्णलाई ऋण तिर्न हम्मे पर्न थाल्यो । ऋण र त्यसको ब्याज नतिर्दासम्म घरजग्गा फुकुवा हुँदैनथ्यो । जिल्ला अदालतको अभिलेखमा २०६८ वैशाख २९ गतेसम्म उनले ३० लाख २४ हजार बुझाएको देखिन्छ । रामकृष्ण भन्छन्, ‘दुई वर्षमा मैले ब्याजसमेत गरेर करिब ४८ लाख रुपैयाँ तिरेको छु ।’

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ४० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४