२०८३, १९ आश्विन मंगलबार

बैङ्कको साइबर सुरक्षा नाजुक, ५ घण्टामा १५ सयपटक पैसा झिकियो

बैङ्कको साइबर सुरक्षा नाजुक, ५ घण्टामा १५ सयपटक पैसा झिकियो


काठमाडौं , भदौ १६ : सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।

कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैङ्किङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । यता, एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौँमा ९ वटा विभिन्न बैङ्कका अवैध भिषा कार्ड मार्फत १ करोड २६ लाखभन्दा बढी चोरीमा संलग्न ५ चिनियाँ नागरिक शनिबार पक्राउ परेका छन् । चोरीमा संलग्न अन्य तीन फरार छन् ।

शुक्रबार काठमाडौँ आएका उनीहरुले शनिबार ५ घण्टामा १५ सय पटक कार्ड प्रयोग गरेको पाइएको छ । उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैङ्कको एटीएम बुध प्रयोग गरेका छन् । रकम झिक्न प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता ग्लोबल आइएमई र सनराइज बैङ्कको एटीएम कार्ड प्रयोग भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ०६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि