२०८२, ३ माघ शनिबार

बैङ्कको साइबर सुरक्षा नाजुक, ५ घण्टामा १५ सयपटक पैसा झिकियो

बैङ्कको साइबर सुरक्षा नाजुक, ५ घण्टामा १५ सयपटक पैसा झिकियो


काठमाडौं , भदौ १६ : सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।

कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैङ्किङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । यता, एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौँमा ९ वटा विभिन्न बैङ्कका अवैध भिषा कार्ड मार्फत १ करोड २६ लाखभन्दा बढी चोरीमा संलग्न ५ चिनियाँ नागरिक शनिबार पक्राउ परेका छन् । चोरीमा संलग्न अन्य तीन फरार छन् ।

शुक्रबार काठमाडौँ आएका उनीहरुले शनिबार ५ घण्टामा १५ सय पटक कार्ड प्रयोग गरेको पाइएको छ । उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैङ्कको एटीएम बुध प्रयोग गरेका छन् । रकम झिक्न प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता ग्लोबल आइएमई र सनराइज बैङ्कको एटीएम कार्ड प्रयोग भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ०६ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले