२०८२, ८ पुस मंगलबार

रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ


कञ्चनपुर, १३ भदौ : कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एक जना महिला गरी तीन जनालाई पक्राउ गरेको छ ।

सोही आरोपमा शुक्लाफाँटा नगरपालिका–६ वन समिति बजारमा रहेको पानस रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ३४ वर्षीय वीरेन्द्र कुवँर र सर्लाही र सुख्खड घर भएका दुई जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २ को सार्वजनिक शान्तिविरुद्धको कसुरअन्र्तगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १३ भाद्र शुक्रबार  ९ : ४२ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ