२०८२, १८ मंसिर बिहीबार

असुरक्षित बने लोपोन्मुख हाइना

असुरक्षित बने लोपोन्मुख हाइना


सल्यान, १३ भदौ सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा मरेका छन् ।

बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि पनि घाइते अवस्थामा फेला परेका दुई हाइना डिभिजन वन कार्यालयमा उपचारका क्रममै मरेका थिए । स्थानीय भाषामा गधेबाघको नाममा परिचित हाइनालाई मानिसले विभिन्न स्थानमा पासो थाप्ने गरेकाले पासोमा परेर घाइते भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।

“जङ्गली जनवारबाट स्थानीयले बच्न घर वरिपरि पासो थाप्ने र त्यसमा अल्झेर हाइना परेको हुनसक्छ”, प्रमुख कार्कीले भन्नुभयो, “हुडारलगायतका जनवारले सडक पार गर्दा पनि तीव्र गतिमा रहेका सवारीसाधनले ठक्कर दिएर पनि घाइते भएका हुनसक्छन्, जिल्लाका अधिकांश सडकबाट जङ्गली जनावर वारपार गर्ने भएकाले पनि धेरै खतरामा परेका छन् ।”

हुँडार भनेर पनि चिनिने हाइना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने हाइना सीमित सङ्ख्यामा छन् । नेपाललगायत अफ्रिका तथा एशियाका जङ्गलमा हाइना पाइन्छ तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन प्रमुख कार्कीले बताउनुभयो । डिभिजन कार्यालयका अनुसार नेपालमा हाइना २०० भन्दा बढी सङ्ख्यामा छैनन् ।

मरेको जनावरको सिनो खाने हाइनाअर्थात् हुडारले पछिल्लो समय बस्तीमा छिरेर कुखुराको खोर भत्काएर कुखुरालाइ पनि खाने गरेको स्थानीय बताउँछन् । कुखुरा खान गाउँमा पसेका हुडारलाई विष राखेर मार्ने गरेकाले हाइना सङ्कटमा पर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १३ भाद्र शुक्रबार  ८ : ५२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको