२०८२, २८ चैत्र आईतबार

असुरक्षित बने लोपोन्मुख हाइना

असुरक्षित बने लोपोन्मुख हाइना


सल्यान, १३ भदौ सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा मरेका छन् ।

बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि पनि घाइते अवस्थामा फेला परेका दुई हाइना डिभिजन वन कार्यालयमा उपचारका क्रममै मरेका थिए । स्थानीय भाषामा गधेबाघको नाममा परिचित हाइनालाई मानिसले विभिन्न स्थानमा पासो थाप्ने गरेकाले पासोमा परेर घाइते भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।

“जङ्गली जनवारबाट स्थानीयले बच्न घर वरिपरि पासो थाप्ने र त्यसमा अल्झेर हाइना परेको हुनसक्छ”, प्रमुख कार्कीले भन्नुभयो, “हुडारलगायतका जनवारले सडक पार गर्दा पनि तीव्र गतिमा रहेका सवारीसाधनले ठक्कर दिएर पनि घाइते भएका हुनसक्छन्, जिल्लाका अधिकांश सडकबाट जङ्गली जनावर वारपार गर्ने भएकाले पनि धेरै खतरामा परेका छन् ।”

हुँडार भनेर पनि चिनिने हाइना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने हाइना सीमित सङ्ख्यामा छन् । नेपाललगायत अफ्रिका तथा एशियाका जङ्गलमा हाइना पाइन्छ तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन प्रमुख कार्कीले बताउनुभयो । डिभिजन कार्यालयका अनुसार नेपालमा हाइना २०० भन्दा बढी सङ्ख्यामा छैनन् ।

मरेको जनावरको सिनो खाने हाइनाअर्थात् हुडारले पछिल्लो समय बस्तीमा छिरेर कुखुराको खोर भत्काएर कुखुरालाइ पनि खाने गरेको स्थानीय बताउँछन् । कुखुरा खान गाउँमा पसेका हुडारलाई विष राखेर मार्ने गरेकाले हाइना सङ्कटमा पर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १३ भाद्र शुक्रबार  ८ : ५२ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४