२०८२, २१ श्रावण बुधबार

नगरका कर्मचारी आन्दोलित, कामकाज ठप्प : प्रमुख भन्छन् गैर जिम्मेवारीपन

नगरका कर्मचारी आन्दोलित, कामकाज ठप्प : प्रमुख भन्छन् गैर जिम्मेवारीपन


भोजपुर, १२ भदौ : भोजपुरको उत्तरी क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो षडानन्द नगरपालिकाका कर्मचारीले आजबाट कामकाज ठप्प पारेका छन् । नगरपालिकाका स्थायी तथा करारका कर्मचारीले विभिन्न चार बुँदे माग राख्दै कामकाज ठप्प पारेका हुन् ।

उनीहरुले आज एक विज्ञप्ति जारी गर्दै करारका कर्मचारीलाई म्याद थप गरी सम्झौता गराइनुपर्ने, एक कर्मचारी एक जिम्मेवार प्रदान गरिनुपर्ने, दरबन्दीअनुसारका कर्मचारीलाई विभिन्न शाखागत जिम्मेवारी दिनुपर्ने र कर्मचारीको मनोभावना बुझेर समायोजन गर्दा सेवा क्षेत्र पायक पर्ने ठाउँमा गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । रासस

यता नगरपालिकाका प्रमुख वीरवल राईले बिना कारण आन्दोलनमा उत्रिएकाले यसको कुनै अर्थ नरहेको बताउनुभयो । नगरपालिकाको कामलाई सहज र सरलरुपमा सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृतले नीतिगत ढङ्गले समायोजन गरेकोमा आपत्ति जनाउनु कर्मचारीको गैर जिम्मेवारीपन रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ९ : २६ बजे

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध, यात्रु अलपत्र

बैतडी । अविरल वर्षासँगै आएको पहिरोका कारण बैतडी र बझाङलाई

आजको सागसब्जी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका

शर्मिला वाइबा पोखराबाट पक्राउ, साइबर अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढ्दै

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबालाई कास्की