२०८३, २१ भाद्र सोमबार

तीजको बेला सुनका गरगहनासहित धनमाल चोरी

तीजको बेला सुनका गरगहनासहित धनमाल चोरी


काठमाडौँ, १२ भदौ काठमाडौँका विभिन्न स्थानबाट सुनका गरगहना र मालसामानसहित झण्डै छ लाख बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने रुषा श्रेष्ठको घरबाट आज सुनका गहना र मोबाइल गरी रु तीन लाख ४८ हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आजै काठमाडौँ, टोखा नगरपालिका–३ बानियाटार भत्केको पुल बस्ने पूर्णमान श्रेष्ठको घरबाट स्कुटर, मोबाइललगायत विभिन्न सामग्री गरी करीब रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यता काठमाडौँ, महानगरपालिका–७ चाबहिलस्थित गणेश मन्दिर नजिक सडकपेटीमा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ७ : १३ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको