२०८३, २९ भाद्र मंगलबार

विराटनगरमा डकैती गर्ने सात पक्राउ

विराटनगरमा डकैती गर्ने सात पक्राउ


विराटनगर, १२ भदौ : विभिन्न ठाउँमा डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ पर्ने भारत विहार राज्य, जिल्ला मधुवनी, थाना बेनीपट्टि कटैया ग्रामपञ्चायत बरहा बस्ने ३५ वर्षीय धमेन्द्र कामत, सोही ठाउँका ३२ वर्षीय लक्ष्मण गुप्ता, ४४ वर्षीय मो मोतिउर रहमान, रौतहट गौर नगरपालिका–३ हाल विराटनगर पोखरीय टोल बस्ने ४१ वर्षीय मो मोहिज धुनियाँ, गौरकै हाल पोखरीय बस्ने ५० वर्षीय बलराम क्षेत्री, जिल्ला सर्लाही साविक त्रिभुवन गाविस–७ बस्ने हाल ब्रह्मपुरी गाउँपालिका–४ बस्ने ५२ वर्षीय सेख मो सलिफ र सोही स्थानका ४६ वर्षीय शेख अलि असगरलाई सार्वजनिक गरेको छ ।

घटनामा संलग्न मानिसले विराटनगर महानगरपालिका–२ शनिहातमा रहेको पञ्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाएर रु पाँच लाख ९५ हजार, शनिहाटकै गणनायक मार्केटिङ हाउसमा साउन २३ गते रु चार लाख, वडा नं ७ कटमाहा कृषि सहकारी संस्था लिमिटेडमा यही भदौ १ गते सटर फुटाई रु चार लाख ९५ हजार र वडा नं ७ माँ भवानी इन्टरप्राइजेजमा यही भदौ १० गते सटर फुटाई रु छ लाख लुटेको विवरण पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

घटनामा संलग्न मानिससँग प्रहरीले सात थान मोबाइल, नगद रु १२ हजार ८५० र भारतीय रकम ११ हजार ४१०, बीआर ३२ पिए२८३६ नम्बरको स्करपियो गाडी, नेपाली सिमकार्ड एक थान, भारतीय सिमकार्ड नौ थान, फलाम काट्न प्रयोग हुने कटर एक थान, कम्ब्याट प्यान्टस् तथा हाफप्यान्टस् एक÷एक थान, गम्छा सात थान, तन्ना दुई थान, तौलिया दुई थान, झोला चार थान बरामद गरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ७ : ०५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक