२०८२, २८ चैत्र आईतबार

राष्ट्रिय अनुसन्धान विभागले सेवा दिवस मनाइयो

राष्ट्रिय अनुसन्धान विभागले सेवा दिवस मनाइयो


काठमाडौँ, १२ भदौ : राष्ट्रिय अनुसन्धान विभागले नेपाल विशेष सेवा दिवस मनाएको छ । दिवसका अवसरमा आज विभागमा पूर्वराष्ट्रसेवक तथा बहालवाला कर्मचारीको उपस्थितिमा पुनर्मिलन कार्यक्रम गरिएको छ ।

विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले सरकारको नीतिगत निर्णयबाट सङ्गठनको जिम्मेवारी र कार्यक्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गरी सङ्गठनलाई प्राप्त जिम्मेवारीका साथ अगाडि बढाइने बताउनुभयो । उहाँले संस्थालाई व्यावसायिक ‘इन्टेलिजेन्स’ संस्थाका रुपमा विकास र विस्तार गर्ने, कर्मचारीको क्षमता विकास, वर्तमान कार्यशैलीमा परिवर्तन र प्रविधिको उच्चतम प्रयोग गरी परिचालित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले इन्टेलिजेन्सको मूलभूत मान्यताअनुरुप परिचालन हुन मातहतका कर्मचारीलाई निर्देशन दिँदै सुशासन कायम गर्ने सरकारको नीतिअनुरुप विभागले कर्मचारी परिचालन गरेको र त्यसको सकारात्मक नतिजा देखिँदै गएको धारणासमेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा विभागका पूर्वप्रमुख विष्णुराज पन्तले विशेष सेवामा रहेर काम गर्न पाउनु गौरव भएकाले देशको सेवामा लाग्नुपर्ने बताउनुभयो । विभागले नेपाल विशेष सेवा ऐन लागू गरेको दिनको सम्झनामा दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा बुधबार १३३ जनाले रक्तदान गरेका थिए । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ५९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४