२०८३, ३० भाद्र बुधबार

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा


कञ्चनपुर, ११ भदौ: सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए ।

पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारु पत्रकार सङ्घ कञ्चनपुरका अध्यक्ष धनबहादुर कुश्मीले बताउनुभयो । एक दिन व्रतका लागि बिदा दिए पनि दिदीबहिनीलाई अग्रासन दिने दिन पनि बिदा दिनुपर्ने माग गरिएको छ । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ७ : १९ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला