सुर्खेत, भदौ ११: जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ।
दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्। मुतक महिलाको सनाखत हुन बाँकी रहेको छ। गाडी विहान ३ बजे तिर दुर्घटना परेको सुर्खेत प्रहरीले जनाएको छ।
उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।
प्रतिक्रिया