काभ्रे, १० भदौ: तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक प्रमुख अतिथी रहेको नारायण थानको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निर्देशक कुलमानसँग तेमाले जनताले दिएको तनावलाई शिर्षकमा उल्लेख गरे जसरी अभिव्यक्त गरे । हुन त कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि आम नेपालीले राहतको स्वास फेरेकै छन् । तर पनि तेमालमा एकदशकभन्दा अघि विद्युतीकरण गर्दा गाडिएका काटे पोलहरु ढल्ने र भाँचिने समस्याले गर्दा तेमालमा लोडसेडिङ भइरहन्छ । लोडसेडिङ भएपछि स्थानीय उपभोक्ताले तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण संस्थाको नेतृत्व गर्नेहरुलाई यसो भन्छन्– ‘विद्युतका अध्यक्ष अब गाउँ आउँदा फलामको टाउको लिएर आउनु ।’

आफू सहकारीको नेतृत्वमा रहँदा समुदायले यस्तै तनाव दिएको अध्यक्ष तामाङले सम्झिए र मौका मिलाएर भने, स्वर्गबाट नेपालीको सेवा गर्न झर्नु भएको तपाईले नेपाल उज्यालो बनाउनु भएको छ । तपाईकै ठूलो सहयोगमा हामीले तेमालमा विद्युतीकरण कार्यक्रम सम्पन्न गर्न सकेका थियौं । तर यो काठे पोलले साह्रै नै दुःख दियो । अहिले म सबैको साझा तेमाल गाउँपालिकाको सरकार प्रमुख छु हामी तेमालको सामुदायिक विद्युतीकरणका संस्थासँग सहकार्य गरेर काठेपोललाई विस्थापित गर्न तत्पर छौं । कुलमानज्यूले हामीलाई थप सहयोग गरिदिनु प¥यो ।
सेवा अवरुद्ध भएमा अप्रिय टर्चरहरु खेप्नु पर्ने अवस्था त छँदैछ घर घरबाट महसुल संकलन गर्न पनि सहकारीलाई कम्ति कठिनाई छैन । म आफू यस संस्थाको अध्यक्ष हुँदा खेपेको तनाव र गालीगलौजको सामना अहिलेका साथीहरुले गर्नु भएकै होला कि तिम्रो टाउको फलामको नहुने भए वत्ति तुरुन्तै पठा † मैले त जवाफ दिएको थिएँ ल पाँच मिनेटमा नै बत्ति आउँछ । नभन्दै पाँचखालमा फोन गरेको त बनाउँदै रहेछ । ५ मिनेटमा नै वत्ति आयो पनि । कहिलेकाँही यस्तो संयोग पनि मिल्दो रहेछ । कुलमानलाई आफ्नो अनुभव सुनाउँदै उनले आग्रह गरे, तेमालले यो समस्याबाट मुक्ति पाउनु प¥यो ।
तेमालको स्थानीय सरकार पनि सहकार्य तयार छ । हामी कसरी बजेटको व्यवस्था गर्न सक्तछौं ? त्यसको प्रस्ताव गाउँ कार्यपालिकाको बैठकमा म नै लैजानेछु । सके हिउँदे अधिवेशनमा नसके वर्षेमा भए पनि बजेटका व्यवस्था मिलाउँछौं, तेमाले उपभोक्तालाई संस्थाको संयोजनमा वितरण गर्न लागिएको विद्युतीय चुलो वितरण कार्यक्रममा प्रमुख अतिथी भएर पुगेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानकासामु उनले वचनवद्ध गरे ।

उनले तेमालको विद्युतीकरणको प्रारम्भिक दिनलाई सम्झँदै भने, ‘शुरुवात गर्दा कहाँ सहकार्य गदा गाउँमा बिजुली पु¥याउन सकिन्छ भन्ने चिन्ता र अलमलमा थियौं । छाता र नाता आवश्यक पर्ने बेलामा मात्रै हुने रहेछ । सामुदायिक ग्रामीण विद्युतीकरणमा कुलमान घिसिङ हुँदा नाता जोडेरै तेमालको विद्युतीकरणको काम थालिएको थियो । त्यतिबेला ठूलो क्षेत्रमा विद्युतीकरण गर्न सकिन्न भनिएको थियो । तर उहाँले हामीलाई बाटो देखाउनु भयो ।
हामीले हिंड्ने सामथ्र्य राख्यौं र सफल पनि भयौं ।’ अहिले तेमालमा ४ हजार ९ सय काठको पोलहरु छन् । त्यसका चिन्ता अध्यक्ष तामाङलाई पनि छ रत भन्छन, ‘त्यो परिवर्तन नगर्दासम्म निन्द्रा लाग्दैन । पानी र हुरी आउँदा चिन्ता थपिन्छ ।’ उनी भन्छन्, सहकारीले नजिक बसेर सहकार्य गरोस । फरक आस्था र विचार भएको भनेर सहकार्य नगरे त्यो घातक हुन्छ । हामी पनि तेमालको विद्युतको समस्यामा सँगै नै छौं ।

हाम्रो ध्यान सबै समुदाय, सुखी, शान्ति र समृद्ध नेपाल बनाउनतिर केन्द्रित हुन्छ । हाम्रोमा सडक वत्तिको व्यवस्था गर्न सकिएको छैन । बैकल्पिक उर्जासँग सहकार्य गरी त्यसको व्यवस्था गर्न गाउँपालिकाले आवश्यक पहल गर्छ र सहयकार्यमा हामी त्यो गर्न सक्तछौं, सम्बोधनमा तामाङले भने । गा.पा.मा रेन्जेनदोर्जे क्रसर छ । त्यहाँ ४ सय केभिए क्षमताको ट्रान्सफरमरबाट विद्युत उर्जा खपत हुन्छ । यसमा खपत हुने उर्जा वापतको शुल्क तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले उठाउन पाए संस्थालाई राम्रो हुन्थ्यो, सघाइदिनुस् न कार्यकारी दिर्नेशकज्यू !








प्रतिक्रिया