२०८२, १४ असार शनिबार

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित


काठमाडौँ, १० भदौ : प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरेको छ । यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो ।

बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा उठेका आवश्यक विषयवस्तुलाई विधेयकमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “राष्ट्रिय परिचायपत्र बहुउपयोगी छ, विश्वका १५० भन्दाबढी देशले यस्ता परिचयपत्र लागू गरिसकेका छन्, राहदानी र नागरिकताबाहेक अन्य परिचयपत्र अब विस्थापित हुनेछ, वैयक्तिक गोपनीयतालाई सुरक्षित गर्ने पाटोमा आशङ्का गर्नुपर्ने अवस्था छैन ।”

यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राख्नुभएको प्रस्तावलाई बैठकले अनुमोदन ग¥यो । यसअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्तुत गर्नुभएको विधेयकलाई सभाले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ १२ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति : २०७६, १० भाद्र मंगलबार  ७ : १७ बजे

प्रधानमन्त्रीले स्पेन भ्रमणबारे दिए संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई

रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र

पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही

भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न माग

काठमाडौं । फलफुलहरुको ‘राजा’को उपमा पाएको आँप यतिबेला नेपाली बजारमा

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ ।