२०८३, १३ कार्तिक शुक्रबार

भक्तपुर क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

भक्तपुर क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु


मध्यपुरथिमि, १० भदौ: भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको जानकारी दिनुभयो ।

देशभरिका क्यान्सर रोगीहरुको उपचार गर्दै आएको अस्पतालले भक्तपुर नगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको अस्पतालको नयाँ व्यवस्थापन समिति आएपछि उच्च मनोबलका साथ काम गर्ने क्रममा यही भदौ १ गतेदेखि सबै रोगको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । उहाँले नयाँ व्यवस्थापन समितिले अस्पतालको सेवालाई सहज बनाएकाले क्यान्सरका बिरामीको चापसमेत बढेको बताउनुभयो । डाइरेक्टर प्राडा श्रेष्ठले भन्नुभयो, “नयाँ व्यवस्थापन समिति गठनपश्चात् अस्पतालका कर्मचारीहरुको मनोबल उच्चरूपमा बढेको छ, सबै कर्मचारीहरु खुशी र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत छन्, बिरामीले सहज र सुलभरूपमा सेवा पाएका छन्, बिरामीको चाप पनि बढेको छ ।”

उहाँले अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको बताउनुभयो । पहिला दैनिक ८० बिरामी भर्ना हुने गरेकामा हाल १२० बिरामी भर्ना हुने गरेको, पहिला दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको र अस्पतालको शय्यासमेत अपुग भएको श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १० भाद्र मंगलबार  ६ : ५९ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित