२०८२, २८ चैत्र आईतबार

भक्तपुरका अधिकांश पसल अवैध

भक्तपुरका अधिकांश पसल अवैध


भक्तपुर, ९ भदौ: चाँगुनारायण नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको पाइएको छ । आज नगरपालिकाको वडा नम्बर ५ र ७ खरिपाटीका निर्माण सामग्रीको बिक्री वितरण गर्दै आएका पसल, किराना पसल, खाजा घर, चिया पसल, सुनचाँदी पसल र औषधि पसलको अनुगमन गरिएको थियो ।

नगर उपप्रमुख बिना बाँस्तोलाको नेतृत्वमा गएको अनुगमन टोलीले खरिपाटीको अमन खाजा घर, जाल्पा खाजा घर, न्यू सर्लाही हेयर डे«सर एण्ड जेन्ट्स पार्लर, अन्जु भेष लेडिज टेलर्स, सुनचाँदी पसल, हार्डवेयर पसल दर्ता नभएको र औषधि पसलले अनुमतिसमेत नलिएको पाएको छ । निर्माण सामग्रीको खरीद बिक्री मूल्य, दर्ता, सामग्रीको तौललगायत किराना पसलमा दैनिक उपभोग्य वस्तुको अनुगमन गरिएको बाँस्तोलाले बताउनुभयो ।

“यहाँका अधिकांश पसल बिना दर्ता सञ्चालन गरेको पाइयो”, उहाँले भन्नुभयो । दर्ता नभएका पसललाई १५ दिनभित्र दर्ता गर्न, मूल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, कारोवार गर्दा अनिवार्य बिल दिन, म्याद नाघेका खानेकुरा छुट्टयाएर राख्न, दर्ता एवम अनुमतिपत्रसमेत नभएका औषधि पसल तुरुन्त बन्द गरी दर्ता एवं अनुमतिपत्र भएका व्यक्ति मात्र पसलमा बस्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार  ७ : २९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४