२०८२, ३ माघ शनिबार

काठमाडौंमा भर्खरै भयो दुःखद घटना ३ को मृत्यु, ३ घाईते

काठमाडौंमा भर्खरै भयो दुःखद घटना ३ को मृत्यु, ३ घाईते


काठमाडौ, ८ भदौ । काठमाडौंको सिनामंगलमा ट्रिफरले एकैपटक ३ वटा मोटरसाइकललाई ठक्कर दिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो । बा ३ ख ४३१६ नम्बरको ट्रिपरले ३ वटा बाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रिपरको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घट्नामा ३ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तीब्र गतिमा रहेको टिप्परले बा ८५ प ५६९, ज.४३ प. ९७५३ नम्बरको मोटरसाईकल र नम्बर नखुलेको अर्को मोटरसाईकललाई ठक्कर दिएको थियो । घाइतेहरुमध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर भागेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले बा ३ ख ४३१७ नम्बरको शंकास्पद टिपरलाई नियन्त्रणमा लिइसकेको महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तले बताए । मृत्यु र घाइते हुनेको नाम खुलेको छैन ।

प्रकाशित मिति : २०७६, ८ भाद्र आईतबार  ११ : ०१ बजे

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र