२०८२, २८ चैत्र आईतबार

काभ्रेको कोशीपारिका विपिन मृत भेटिए

काभ्रेको कोशीपारिका विपिन मृत भेटिए


धुलिखेल, ८ भदौ : काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. ४ का विपिन तिमल्सिना भिरालो पाखोमा मृत भेटिएका छन् ।

हिजो दिउँसो १ बजेसम्म सम्पर्कमा रहेका उनी आफूले लगाएको फलपूmल, तरकारी बारी आसपास रहेको भिरालो चट्टान भएको क्षेत्रमा मृत भेटिएका हुन् ।

स्नातक तहमा अध्ययनरत रहेको उनी गाउँका मेहनती किसान भएको स्थानीयले बताएका छन् । घटनास्थलको प्रकृति हेर्दा उनी चिप्लिएर लडेको हुनसक्ने आशंका गरिएको छ । उनले खेती गरेको बारी घरदेखि १५÷२० मिनेटको दुरीमा रहेको घट्नास्थल पुगेको प्रहरी टोलीले बताएको छ । प्रहरीले उनको शव मुचुल्का गरी पोष्टमार्टमका लागि शिरमेमोरियल अस्पताल ल्याइदैछ ।

स्थानीयले भिरालो पाखोमा चिप्लिएर तल रहेको चट्टानमा बजारिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान लगाएका छन् । घट्ना आफैं चिप्लिएर भयो या कसैले गरायो भन्ने विषयमा पोष्टमार्टमसँगै अनुसन्धान हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६, ८ भाद्र आईतबार  १० : ४८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४