२०८२, २५ श्रावण आईतबार

काभ्रेको कोशीपारिका विपिन मृत भेटिए

काभ्रेको कोशीपारिका विपिन मृत भेटिए


धुलिखेल, ८ भदौ : काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. ४ का विपिन तिमल्सिना भिरालो पाखोमा मृत भेटिएका छन् ।

हिजो दिउँसो १ बजेसम्म सम्पर्कमा रहेका उनी आफूले लगाएको फलपूmल, तरकारी बारी आसपास रहेको भिरालो चट्टान भएको क्षेत्रमा मृत भेटिएका हुन् ।

स्नातक तहमा अध्ययनरत रहेको उनी गाउँका मेहनती किसान भएको स्थानीयले बताएका छन् । घटनास्थलको प्रकृति हेर्दा उनी चिप्लिएर लडेको हुनसक्ने आशंका गरिएको छ । उनले खेती गरेको बारी घरदेखि १५÷२० मिनेटको दुरीमा रहेको घट्नास्थल पुगेको प्रहरी टोलीले बताएको छ । प्रहरीले उनको शव मुचुल्का गरी पोष्टमार्टमका लागि शिरमेमोरियल अस्पताल ल्याइदैछ ।

स्थानीयले भिरालो पाखोमा चिप्लिएर तल रहेको चट्टानमा बजारिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान लगाएका छन् । घट्ना आफैं चिप्लिएर भयो या कसैले गरायो भन्ने विषयमा पोष्टमार्टमसँगै अनुसन्धान हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६, ८ भाद्र आईतबार  १० : ४८ बजे

चीनका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ अनुसन्धानका लागि नियन्त्रणमा

बेइजिङ । चीनका उच्चस्तरीय कूटनीतिज्ञ र सम्भावित भावी विदेशमन्त्री लिउ

भूमि विधेयकको प्रतिवेदन लेखनमा मन्त्रालयको हस्तक्षेप, समितिबाट पारित हुन सकेन

काठमाडौं । भूमि सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमा

काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न,नाजिर हुसेनदेखि मन्त्रीसम्म फोटो फिचार

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानको

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको

कैलाली कारागारमा झडप : ४० घण्टापछि प्रहरीको प्रवेश, कैदीबन्दीको सङ्ख्या गणना

कैलाली । कैलाली कारागारमा शुक्रबार राति भएको झडपका कारण एक