२०८२, ३० पुस बुधबार

भकुण्डेका भट्टाले नटेरेपछि नगरले चलायो डोजर

भकुण्डेका भट्टाले नटेरेपछि नगरले चलायो डोजर


धुलिखेल, ८ भदौ । काभ्रेको नमोवुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा सञ्चालित ईट्टा उद्योगहरुले नगरपालिकासँग गरेको करार संझौतालाई कार्यान्वयन गर्न अटेर गरेपपछि आज आइतबार नगरले उद्योगमा डोजर चलाएको छ ।

नगरले उद्योगहरु हटाउने भएपछि उद्योगीहरुले उद्योगमा जाने बाटोमा अवरोध पु¥याएका छन् । जेसिभीहरु बाटोमा तेस्र्याएर अवरोध गरिए पनि नगरपालिकाले बैकल्पिक बाटो निर्माण गरी अहिले वडा नं. २ मा रहेको शिवशक्ति ईट्टा भट्टामाथि प्रहार गर्दैछ भने वडा नंं २ मा नै रहेको भैरबकुण्ड भट्टा भत्काएको छ । नमोवुद्ध नगरपालिकाको वडा नं. २ र ३ मा गरी जम्मा ८ वटा ईट्टा उद्योगहरुले ईट्टा उत्पादन गर्दै आएका थिए । यी सबै उद्योगहरुले तोकिएको मापदण्ड पूरा नगरेको नगरपालिका श्रोत बताउँछ । नगरको भदौ ५ गते बसेको कार्यापालिकाको बैठकले यी सबै उद्योग हटाउने निर्णय गरेको थियो । निर्णयपछि हिजो शनिबार भत्काउने भनिए पनि आज आइतबार बिहानैबाट भत्काउन शुरु गरिएको हो ।

यसअघि नगरपालिका र उद्योगीहरुबीच २०७५ पुष २८ गते २०७६ असार मसान्तसम्ममा भट्टा बन्द गर्ने करार संझौता भएको थियो । नगरापलिकाको भकुण्डे क्षेत्रमा सुख्खा लाग्ने गरेकाले खेतबारीमा उत्पादन हुने बालीभन्दा भट्टाले दिने भाडा बढी आउने भएपछि स्थानीय किसानहरु भट्टाको समर्थनमा उभिंदै आएका थिए । ईट्टा भट्टा स्थलमा सम्भावित मुठभेडको आंकलन गर्दै नगरप्रमुख टिपी शर्मा तिमल्सिना जनपद र शसस्त्र गरी १ सय १ प्रहरीका साथ ओर्लिएका छन् । अहिले भट्टा आसपास प्रहरी, जनप्रतिनिधि, पत्रकार र सर्वसाधारणको ठूलो भीड लागेको छ ।

नगरापलिसँग भएका करार संझौताको विपरित ईट्टा उद्योगीहरु भट्टामा काम गर्ने मजदुरहरुलाई पेश्की वितरणको तयारीमा थिए । संझौतामा तोकिएका मिति सकिएपछि पनि पटक पटक व्यवसायीलाई नगरसँग भएको प्रतिवद्धतालाई कार्यान्वयन गर्न नगरपालिकाले पत्राचार गरेको थियो । व्यवसायी भने सम्झौता बमोजिम जान आनाकानी गर्दै कानुनी उपचारको खोजीमा हिंडेको बुझिएको छ । व्यवसायीले गत पुष २७ गते वातावरणीय मापदण्ड पूरा गरी बनाएको काँचो ईट्टालाई पोल्न दिएमा आगामी वर्षदेखि उद्योग बन्द गर्ने प्रतिवद्धताका साथ पुष २८ गते करार सम्झौता गरेका थिए ।


‘सम्झौताअनुसार ०७६ असार मसान्तपछि हामीले उद्योगीहरुलाई उद्योग बन्द गर्न ताकेता ग¥यौं । सम्झौतालाई कार्यान्वयन गर्न अनुरोध गरियो । तर उद्योगीहरुले दतारुकता देखाएनन् । त्यसपछि सम्झौताको बुँदा नम्बर ६ मा टेकेर हामीले भट्टा भत्काएका हौं ।’– नगरापालिकाका वातावरणीय अधिकृत सन्तोष काफ्लेले खबरघरको फोत सम्वादमा भने । नगर र उद्योगीबीच भएको सम्झौताको बुँदा नं. ६ मा उद्योग हटाउन उद्योगीले तत्परता नदेखाए नगरपालिका आफैंले हटाउने, हताउँदा हुने सबै क्षति उद्योगीले नै व्यहोर्नुपर्ने र हटाउन लाग्ने खर्च समेत उद्योगी आफैंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६, ८ भाद्र आईतबार  १२ : ०३ बजे

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो