२०८३, २१ आश्विन बिहीबार

भकुण्डेका भट्टाले नटेरेपछि नगरले चलायो डोजर

भकुण्डेका भट्टाले नटेरेपछि नगरले चलायो डोजर


धुलिखेल, ८ भदौ । काभ्रेको नमोवुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा सञ्चालित ईट्टा उद्योगहरुले नगरपालिकासँग गरेको करार संझौतालाई कार्यान्वयन गर्न अटेर गरेपपछि आज आइतबार नगरले उद्योगमा डोजर चलाएको छ ।

नगरले उद्योगहरु हटाउने भएपछि उद्योगीहरुले उद्योगमा जाने बाटोमा अवरोध पु¥याएका छन् । जेसिभीहरु बाटोमा तेस्र्याएर अवरोध गरिए पनि नगरपालिकाले बैकल्पिक बाटो निर्माण गरी अहिले वडा नं. २ मा रहेको शिवशक्ति ईट्टा भट्टामाथि प्रहार गर्दैछ भने वडा नंं २ मा नै रहेको भैरबकुण्ड भट्टा भत्काएको छ । नमोवुद्ध नगरपालिकाको वडा नं. २ र ३ मा गरी जम्मा ८ वटा ईट्टा उद्योगहरुले ईट्टा उत्पादन गर्दै आएका थिए । यी सबै उद्योगहरुले तोकिएको मापदण्ड पूरा नगरेको नगरपालिका श्रोत बताउँछ । नगरको भदौ ५ गते बसेको कार्यापालिकाको बैठकले यी सबै उद्योग हटाउने निर्णय गरेको थियो । निर्णयपछि हिजो शनिबार भत्काउने भनिए पनि आज आइतबार बिहानैबाट भत्काउन शुरु गरिएको हो ।

यसअघि नगरपालिका र उद्योगीहरुबीच २०७५ पुष २८ गते २०७६ असार मसान्तसम्ममा भट्टा बन्द गर्ने करार संझौता भएको थियो । नगरापलिकाको भकुण्डे क्षेत्रमा सुख्खा लाग्ने गरेकाले खेतबारीमा उत्पादन हुने बालीभन्दा भट्टाले दिने भाडा बढी आउने भएपछि स्थानीय किसानहरु भट्टाको समर्थनमा उभिंदै आएका थिए । ईट्टा भट्टा स्थलमा सम्भावित मुठभेडको आंकलन गर्दै नगरप्रमुख टिपी शर्मा तिमल्सिना जनपद र शसस्त्र गरी १ सय १ प्रहरीका साथ ओर्लिएका छन् । अहिले भट्टा आसपास प्रहरी, जनप्रतिनिधि, पत्रकार र सर्वसाधारणको ठूलो भीड लागेको छ ।

नगरापलिसँग भएका करार संझौताको विपरित ईट्टा उद्योगीहरु भट्टामा काम गर्ने मजदुरहरुलाई पेश्की वितरणको तयारीमा थिए । संझौतामा तोकिएका मिति सकिएपछि पनि पटक पटक व्यवसायीलाई नगरसँग भएको प्रतिवद्धतालाई कार्यान्वयन गर्न नगरपालिकाले पत्राचार गरेको थियो । व्यवसायी भने सम्झौता बमोजिम जान आनाकानी गर्दै कानुनी उपचारको खोजीमा हिंडेको बुझिएको छ । व्यवसायीले गत पुष २७ गते वातावरणीय मापदण्ड पूरा गरी बनाएको काँचो ईट्टालाई पोल्न दिएमा आगामी वर्षदेखि उद्योग बन्द गर्ने प्रतिवद्धताका साथ पुष २८ गते करार सम्झौता गरेका थिए ।


‘सम्झौताअनुसार ०७६ असार मसान्तपछि हामीले उद्योगीहरुलाई उद्योग बन्द गर्न ताकेता ग¥यौं । सम्झौतालाई कार्यान्वयन गर्न अनुरोध गरियो । तर उद्योगीहरुले दतारुकता देखाएनन् । त्यसपछि सम्झौताको बुँदा नम्बर ६ मा टेकेर हामीले भट्टा भत्काएका हौं ।’– नगरापालिकाका वातावरणीय अधिकृत सन्तोष काफ्लेले खबरघरको फोत सम्वादमा भने । नगर र उद्योगीबीच भएको सम्झौताको बुँदा नं. ६ मा उद्योग हटाउन उद्योगीले तत्परता नदेखाए नगरपालिका आफैंले हटाउने, हताउँदा हुने सबै क्षति उद्योगीले नै व्यहोर्नुपर्ने र हटाउन लाग्ने खर्च समेत उद्योगी आफैंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६, ८ भाद्र आईतबार  १२ : ०३ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १