२०८३, ८ कार्तिक आईतबार

सगरमाथा मापनको ९० प्रतिशत काम पूरा

सगरमाथा मापनको ९० प्रतिशत काम पूरा


काठमाडौं, भदौ ७ : नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ । आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समयतालिका रहेको छ । तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्क सङ्कलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । विभागले असारसम्ममा फिल्डको काम सक्ने तालिका तय गरे पनि त्यसो हुन सकेन ।

वर्षाका कारण काम गर्नसक्ने अवस्था नहुँदा फिल्डको १० प्रतिशत काम रोकिएको हो । नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले फिल्डको काम असारसम्म सक्ने योजना रहेको भए पनि वर्षाका कारण समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । त्यसैले आउँदो पुससम्ममा उचाइ मापनको नतिजा सार्वजनिक गर्नका लागि समय निर्धारण गरिएको छ ।

उपलब्ध तथ्याङ्क सङ्कलन र प्रोसेसिङको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उहाँले तोकिएकै समयमा काम सक्ने दाबी गर्नुभयो । तोकिएको सयममा फिल्डको काम नसकिँदा समयमा काम सकिने सम्भावना कम छ । वर्षा सकिएसँगै चाँडै परिणाम दिने गरी काम सुरु हुने पनि उहाँले बताउनुभयो ।

नेपाल सरकारको स्रोत साधनको उपयोग गरी पहिलोपटक सगरमाथाको मापन हुन लागेको हो । गत वर्ष (२०७४) फागुनदेखि बङ्गालको समुद्री सतहबाट सगरमाथाको मापन सुरु गरिएको थियो । दुईवटा विधि ‘ग्राबिटी सर्भे र त्रिगोनोमेट्रिक लेभलिङ’बाट सगरमाथाको मापन गरिँदै छ । पहाडी क्षेत्रमा ‘ग्राबिटी सर्भे’को काम बाँकी रहेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७६, ७ भाद्र शनिबार  ८ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना