२०८२, ३ माघ शनिबार

आज श्रीकृष्ण जन्माष्टमी: देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै

आज श्रीकृष्ण जन्माष्टमी: देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै


वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ७ : २४ बजे

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र