२०८३, २ असार बुधबार

आज कृष्णजन्माष्टमी: यसरी गर्नुस् श्रीकृष्णको पूजा

आज कृष्णजन्माष्टमी: यसरी गर्नुस् श्रीकृष्णको पूजा


भाद्र मासको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन् र घरघरमा उनको बालरूप अर्थात् बालगोपालको पूजा गरिन्छ । बालगोपालको विशेष पूजा अष्टमीको दिनमा गरिन्छ । पूजामा ध्यान दिनुपर्ने कुरा यी हुन् ।

सबभन्दा पहिले गणेशजीको विधिवत पूजा गर्नुस् । त्यसपछि श्रीकृष्णको पूजा शुरू गर्नका लागि हात जलले धुनुस् अर्थात् प्रक्षालन गर्नुस् । आफ्नो हात सफा पानीले धोएपछि श्रीकृष्णका हातमा जल अर्पित गर्नुपर्छ । सुगन्धित फूल राखिएका जलको उपयोग गर्नुपर्छ । सुगन्धित फूल भएको जलले नै बालगोपाललाई स्नान गराउनुपर्छ ।

बालगोपालसँगै गौमाताको मूर्ति पनि राख्नुपर्छ । श्रीकृष्णलाई गौमाता प्रिय छिन् । त्यसैले जन्माष्टमीमा गौमाताको पूजा गर्नुस् । गौशालामा हरियो घाँस वा नगद दान गर्नुस् । श्रीकृष्ण पूजनमा आसन एकदमै आवश्यक छ । श्रीकृष्णका लागि सुन्दर आसन उपयोग गर्नुपर्छ । आसनको रंग तेजिलो र चम्किलो हुनुपर्छ । पहेंलो, रातो र सुन्तला रंग सबभन्दा राम्रो हुन्छ । भगवान् पीताम्बरधारी हुनुहुन्छ त्यसैले उहाँलाई पहेंलो वस्त्र चढाउनुपर्छ ।

श्रीकृष्णको पाउ धुनुपर्छ र जुन भाँडोमा पाउ धोइन्छ त्यसलाई पाद्य भनिन्छ । पूजाअघि पाद्यमा स्वच्छ जल र फूल राख्नुस् । दूध, दही, घिउ, मह र चिनी मिसाएर पञ्चामृत बनाउनुस् । शुद्ध भाँडोमा पञ्चामृत भरेर भगवानलाई भोग लगाउनुस् । श्रीकृष्णलाई तुलसी नराखिकन भोग लगाउनुहुँदैन । पूजामा भगवान् श्रीकृष्णको मन्त्र कृं कृष्णाय नमः तथा ऊँ नमो भगवते वासुदेवाय जप गर्नुपर्छ ।

दूबो, कुमकुम, अक्षता चामल, अबीर, सुगन्धित फूल र शुद्ध जललाई पञ्चोपचार भनिन्छ । श्रीकृष्णको पूजामा यी कुरा आवश्यक हुन्छन् । श्रीकृष्णको पूजामा लगाइने भोगमा ताजा फलफूल, मिठाइ, लड्डु, मिश्री, खीर, तुलसीका पात र फल राख्नुपर्छ । बालगोपालको पूजामा गाईको दूधबाट बनेको घिउ उपयोग गर्नुपर्छ । दियोमा पनि घिउ उपयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ७ : ०२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई