२०८३, १६ बैशाख बिहीबार

रवीले प्रहरीद्वारा असुरक्षित भएको सन्देश समर्थकलाई पठाए

रवीले प्रहरीद्वारा असुरक्षित भएको सन्देश समर्थकलाई पठाए


काठमाडौं, ४ भदौ । प्रहरी हिरासतमा रहेका न्यूज द्दद्ध टेलीभिजनका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेले आज श्रीमती निकिता पौडेल मार्फत आफ्नो समर्थकहरुका लागि संदेश पठाएका छन् । हिजोसम्म आपूm सुरक्षित रहेको बयान दिएका रविले एक्कासी आज आmूm प्रहरीबाट असुरक्षित रहेको र ५ वर्ष थुन्ने नियत देखिएको उल्लेख गर्दै आफ्ना समर्थकहरुसँग साथ सहयोगको माग गरेका छन् । निकिताले फेसबुकमा स्ट्याटस लेख्दै रविको संदेश समर्थकबीच पुर्याएकी छिन् ।

यस्तो छ लामिछानेको सन्देश 
“शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिएँ र पाँचौ दिनसम्म हिरासतमा रहँदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कही कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भइरहेको बेला फेरि पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिनसम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिएँ तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु । बयानका लागि मेरा भनाई समावेश गरिरहँदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जब, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दावी गरिरहेका बेला उक्त भिडियो कोबाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?

तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिनभित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँभित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।

यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कँही कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ”

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  १० : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले