२०८३, ३० असार बुधबार

गौरामा देउडाको ‘क्रेज’

गौरामा देउडाको ‘क्रेज’


भीमदत्तनगर, ४ भदौ : आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विश्वविद्यालय परिसरमै गौरा पर्वका अवसरमा देउडा खेल्दै रमाए । विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीले संयुक्त रुपमा गोलबद्ध भएर देउडामार्फत सुदूरपश्चिमका भाका विश्वविद्यालयमा प्रस्तुत गर्दा केही समय विश्वविद्यालय गौरामय बन्यो । विश्वविद्यालयम मात्रै नभइ सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मङ्गलबारदेखि शुरु भएको गौरापर्वसँगै देउडाले बजार तताउन थालेको छ ।

पाका पुस्तासँगै युवा पुस्ता पनि देउडामा साँझपख कञ्चनपुरको मदनचोकलगायत विभिन्न मठ, मन्दिर र सार्वजनिकस्थलमा देउडामा झुमिन थालेका छन् । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुभारम्भ हुने गौरा पर्वले मङ्गलबारदेखि सुदूरपश्चिम प्रदेशलाई ढपक्कै ढाकेको छ । यहाँका पहाडी जिल्लादेखि तराईका बस्तीसम्म सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल बढेको छ ।

गौरा पर्वका लागि भारतलगायत अन्य मुलुकमा रोजगारीका लागि विदेशीएका पनि बिदामा घर आउने क्रममा यहाँको गड्डाचौकी नाकामा बढेको छ । कञ्चनपुरका युवा साहित्यकार हेमबाबु लेखकले पश्चिमा संस्कृतिको छाप युवापुस्तामा नराम्रोसँग परे पनि त्यसलाई निश्तेज पार्न गौरा जस्तो सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

“यो पर्वमा शिवपार्वतीको विवाह कथामा व्याख्या वर्णन भए पनि यसलाई सामाजिक विभेदरहित नारी प्रधानता रहेको पर्वका रुपमा लिइन्छ”, उहाँले भन्नुभयो । युवा पुस्तामाझ देउडामा नयाँपन आउँदै गरेकाले पनि देउडामा युवा क्रेज बढिरेहेको लेखकको भनाइ छ । गौराको धार्मिकसँगै अर्को महत्वपूर्ण पक्ष हो ‘देउडा’ । यहाँको डोटेली भाकामा प्रस्तुत हुने देउडामा यहाँका हरेक उमेर समूहलाई सहजै छुन्छ ।

गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भनिन्छ महिलाहरुले दोस्रो दिन आज पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धोएर गौरादेवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरादेवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाले दुब धागो चढाउने गर्छन् ।

गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउनेस्थल गौरा खलोमा पूजाआजा गर्छन् । दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।यहाँ खप्तड समाज, महाकाली साहित्य सङ्गम, अछामी समाजलगायतका विभिन्न सङ्घ÷संस्थाको अगुवाइमा देउडा प्रतियोगिता हुँदैआएका छन् । यो पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा, धार्मिक ग्रन्थका प्रसङ्ग गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृित विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ ।

महिलाले यस अवसरमा आफ्ना सुखदुःख डेउडाका माध्यमबाट व्यक्त गर्ने गरेका छन् । पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुखका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्वलाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घर बाहिर गएका व्यक्ति घर फर्किने गर्दछन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ यस पर्वमा व्रतबसी शिव र गौरीको पूजाआजा गर्नाले सुखः शान्ती प्राप्त हुने, ईष्ट र कुलदेवता खुशी रहने जनविश्वास छ ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ९ : ३० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै