२०८३, २४ भाद्र बिहीबार

श्रीमान खाडीमा भएकी काभ्रेकी विवाहित महिला पुरुषसँगै मृत भेटिइन्

श्रीमान खाडीमा भएकी काभ्रेकी विवाहित महिला पुरुषसँगै मृत भेटिइन्


काठमाडौं, ४ भदौ : काठमाडौंको नयाँ बसपार्कमा रहेको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा एक जोडी मृत अवस्था फेला परेका छन् । चितवन चैनपुरका ३७ वर्षीय यमबहादुर मगर र काभ्रे पनौतीकी २८ वर्षीय सविता भनिने सबिना तामाङ बजगाई मृत भेटिएका हुन् ।

घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान अगाडि बढाएको छ । प्रहरी वृत्तका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको बताएका छन् । कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको डीएसपी प्रसाईले बताए । हामीले छानवीन अगाडिठ बढाएका छौं, उनले भने ।

मृतक जोडी राति ११ बजे होटलमा बसेको प्रहरीले बताएको छ । होटलले विहान खान खान बोलाउँदा उनीहरुले ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि ननिस्किएपछि प्रहरीलाई खबर गरी होटलको ढोका खोल्दा नग्न अवस्थामा जोडीलाई मृत भेटिएको थियो ।

मृतक जोडी बसेको कोठामा भेटिएका मदिराका बोतलहरुलाई प्रहरीले बरामद गरेको छ । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृतले बताएका छन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा भएको बताइएको छ । पुरुष र महिला दुवै विवाहित हुन् । घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ७ : ५१ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको