२०८२, २८ चैत्र आईतबार

पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव

पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव


लमजुङ ४ भदौ : पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे्र बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो ।

पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको आयोजक वातावरण सुधार अभियानका अध्यक्ष ऋषि बस्नेतले बताउनुभयो । गत वर्ष क्यानोनिङ र अन्य कार्यक्रम हुँदै आइरहेको यस झरनालाई थप व्यवस्थित गरेर यसपालिबाट महोत्सवका रुपमा यसको प्रचार–प्रसार गर्नसमेत प्रथम क्योनोनिङ महोत्सवको आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।

महोत्सवका लागि अधिकांश काम सम्पन्न भइसकेका आयोजकले जनाएको छ । सोही महोत्सवमा स्थानीय कलाकार र डिजेका विभिन्न प्रस्तुतिसमेत गरिने भएका छन् । महोत्सव अवधिभर १० हजारदेखि १५ हजार दर्शक विभिन्न स्थानबाट आउने अपेक्षा आयोजकको छ । महोत्सव सञ्चालनका लागि करीब रु साढे चार लाख खर्च हुने बताइएको छ । त्यस्तै सन् २०२० मा अन्तरराष्ट्रिय क्यानोनिङसमेत यसै झरनामा हुने र सो क्यानोनिङमा २६० जनाले क्यानोनिङ गर्ने आयोजकको दाबी छ । गाईखुरे झरना करीब ७० मिटर अग्लो छ । रासस

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ६ : ४० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४