२०८२, ३ माघ शनिबार

प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पु¥याउँछौँ मन्त्री मगर

प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पु¥याउँछौँ मन्त्री मगर


काठमाडौँ ३ भदौ : खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताउनुभएको छ ।

देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को आज शुभारम्भ गर्दै उहाँले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताउनुभएको हो ।

“संविधानले नै हरेक नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ, त्यसलाई परिपूर्ति गर्न सरकार गम्भीर ढङ्गले लागेको छ”, उहाँले भन्नुभयो । पानी र ढलका सम्बन्धमा सरकार योजना बनाएर अगाडि बढेको उहाँको भनाइ थियो ।

मन्त्री मगरले विपद्का बेला कतिपय जनताले स्वच्छ र शुद्ध खानेपानी पिउन नपाएर बिरामी पर्ने गरेको बताउँदै खानेपानी गुणस्तर मोबाइल भ्यानको उपलब्धतासँगै सबै जनताले स्वच्छ र शुद्ध खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय आयोजनामा गुणस्तरीय पानी आए पनि कतिपय आयोजनामा गुणस्तरहीन पानी आउने गरेको बताउँदै उहाँले गुणस्तरहीन पानीको स्तरवृद्धिका लागि सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको उल्लेख गर्नुभयो ।

खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले मोबाइल भ्यानको प्रयोगसँगै सबै प्रदेशका विभिन्न क्षेत्रमा पुगेर पानीको गुणस्तर परीक्षण गरिने बताउनुभयो । यस्तै, विपद्को बेला पानी शुद्धीकरण सामग्री लगेर विपद् प्रभावित क्षेत्रमा वितरण गरिने हुँदा सबै जनताले शुद्ध खानेपानी प्रयोग गर्न पाउने उहाँको भनाइ थियो ।

रु दुई करोड १६ लाख लागतमा विभागले किनेको पाँच वटा भ्यान आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवल, पोखरा, सुर्खेत, जनकपुर र भरतपुरलाई मन्त्री मगरले वितरण गर्नुभएको हो । विभागले गत वर्ष सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी र धनगढीलाई भ्यान वितरण गरेको थियो ।
रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  १० : ५० बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका