२०८२, २४ जेष्ठ शनिबार

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन


काठमाडौं, ३ भदौ : प्रदेश ३ को सरकारले एक विद्यालय एक नर्स कार्यक्रम संचालनमा ल्याउने तयारी गरेको छ । पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। एक विद्यालय एक नर्स कार्यक्रमको तयारी स्वरुप मन्त्रालयले ‘कार्यविधि, २०७५ समेत जारी गरेको छ ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वस्थ ज्ञान अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य सरसफाई र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राख्न लागिएको मन्त्रालयले जनाएको छ । हरेक विद्यालयमा नर्स राख्दा त्यसको दीर्घकालीन फाइदा हुने भएकोले पोषण, किशोर÷किशोरको प्रजनन स्वास्थ्यबारे जानकारी हुनुका साथै अभिभावकलाई पनि सचेत गराउन सकिने विश्वास गरिएको छ । विद्यालयको विद्यार्थी संख्याका आधारमा एकभन्दा बढी नर्स पनि राख्न सकिने बताइन्छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा यदुचन्द्र घिमिरेले सुरुवातमा विद्यार्थीको संख्या र विद्यालयको व्यवस्थापन राम्रो भएका २० विद्यालय छनौट गरिएको बताएका छन्। ती विद्यालयमा नर्स भर्ना गर्न छनौट गर्ने काम भइरहेको समेत उनले बताए।
मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनीले विद्यालय नर्स मार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाईसम्बन्धी परार्मश दिइने बताए।

कार्यक्रमअन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी परार्मश सेवा प्रदान गरिने लक्ष्य लिइएको छ। स्वस्थ ज्ञान, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाई निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वस्थ जाँचबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक बालबालिकाको स्वास्थ्य र स्वस्थ ज्ञानका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्नुपर्नेछ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ८ : ४५ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक