२०८२, २४ भाद्र मंगलबार

मौलाउदै गरेको विकृती नियन्त्रण गर्ने दिशातर्फ जानुपर्छ : मन्त्री अर्याल

मौलाउदै गरेको विकृती नियन्त्रण गर्ने दिशातर्फ जानुपर्छ : मन्त्री अर्याल


काठमाडौं, २८ साउन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ ।

स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुदै गएको बताउनुभयो । तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने बताउनुभयो । ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब सिस्टमबाटै समस्या ति समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउ ।’

आजको धेरै संरचनाहरु निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका विधि बनाएर नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपछै ।’

सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उहाँले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको संकेत गर्नुभयो । ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले केही कोशिस सहकारी नियमावलीमार्फत गरेका छौ ।’ मन्त्री अर्यालले सचेत हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब सिस्टमबाटै गरिने उहाँको भनाइ थियो । सहकारी कर्जा कोष यस अघि नै भाषण धेरैपटक भएपनि अब व्यवहारमै लागु हुनेगरी कार्यान्वयन गरिने उहाँले बताउनुभयो । नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको बताउदै त्यमार्फत अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो । ‘सिस्टम सफ्टवेरले एउटा सहकारी संस्थामा बदमासी गरेर त्यहाँ पुरै गिरेर पतित भएर ठाउँ परिवर्तन गरेर फेरी सहकारी संस्थाको मालिक भएर त्यस्तै खालको गतिविधि गर्ने प्रवृतिको अन्त्य हुन्छ’, उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम भइरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुनेगरी काम सम्पन्न गरिने बताउनुभयो ।
त्यस अवसरमा मानसी लघुवित्त वित्तीय संस्था काभ्रेलाई नगद एक लाख सहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ५ : ५४ बजे

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । देशभर फैलिएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो, काठमाडौंका अधिकांश भाग असुरक्षित

काठमाडौं । काठमाडौंको भैंसेपाटीस्थित सरकारी क्वाटरबाट मन्त्रीहरूलाई बोकेको हेलिकप्टर भैरवनाथ

प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा बाहिरिए

काठमाडौं । राजधानी उपत्यकामा जारी आन्दोलनले असामाजिक गतिविधिहरू बढेपछि प्रहरीले

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा

सुजन कडरियाले अखिल अध्यक्ष पदबाट दिए राजीनामा,

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष