२०८२, १८ मंसिर बिहीबार

गाउँपालिकाले बनाइदियो वृद्ध दम्पतीको घर

गाउँपालिकाले बनाइदियो वृद्ध दम्पतीको घर


पाल्पा, ३ भदौ : रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा वृद्ध दम्पतीको घर निर्माण गरिएको छ । वडा नं ४ डोकेडाँडाका ७५ वर्षीय डिलबहादुर कामीको घर भूकम्पका कारण भत्किएको थियो । आर्थिक स्थिति कमजोर रहेकाले भत्केको घर बन्न सकेको थिएन ।

आर्थिक अवस्था निकै कमजोर रहेकाले उहाँले आफ्नै लगानीमा घर बनाउन सन्ुभएको थिएन । विसं २०७२ को भूकम्पका कारण घर भत्केको थियो । भूकम्पको मापदण्डअनुसार काम गर्न सक्ने अवस्था नै छैन । साँझ–बिहान के खाऊ भन्ने समस्या रहेको दम्पतीलाई सरकारी मापदण्डअनुसार घर निर्माणकार्यले चिन्तित बनाइरहेको थियो ।

सरकारी मापदण्डमा घर बन्न नसक्दा झनै जोखिमको अवस्था रहेकाले गाउँपालिकाले घर बनाउन सहयोग गरेको हो । गाउँपालिकाले घरका लागि कर्कटपाता र कामदार सहयोग गरेको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । कामीले नयाँ घर बनेपछि पहिलाको जसरी पानी परेका बेला कता जाने भन्ने चिन्ता हटेको बताउनुभयो ।

गाउँपालिका प्रशासकीय अधिकृत ज्ञानराम पन्थीले आर्थिकरूपमा विपन्न समुदायका वृद्ध दम्पतीको बसोबासका लागि रु एक लाख ६० हजार आर्थिक सहयोगमा घर निर्माण गरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामदार परिचालन गरी एकतले घर निर्माण गरिएको जानकारी दिनुभयो ।

कामीको सामाजिक सुरक्षाभत्ता नियमित आम्दानी हो । आम्दानीका नाममा भत्ताबाहेक अरु केही छैन । चैमासिक रूपमा रु आठ हजार मात्र आम्दानी हुन्छ । उमेरले ७५ नाघेका कामीकी श्रीमती पूर्णकला पनि ६५ वर्ष काट्नुभयो । केही श्रम गरी दुई÷चार पैसा कमाउन निकै कष्ट छ । उहाँका तीन छोरा र एक छोरी छन् । उनीहरुको विवाह भइसकेको छ । उहाँहरुको साथमा अहिले कोही पनि सन्तान बस्दैनन् । वृद्ध दम्पती गाउँपालिकाले बनाइदिएको दुईकोठे नयाँ घरमा बस्न पाउँदा उत्साहित छन् । रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ९ : ४३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको