२०८२, २२ जेष्ठ बिहीबार

नेपाल प्रहरीलाई इतिहासकै अग्निपरीक्षा, गृह र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

नेपाल प्रहरीलाई इतिहासकै अग्निपरीक्षा, गृह र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता


काठमाडौँ, ३ भदौ गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ ।

गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताउनुभयो । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उहाँले भन्नुभयो ।

गृहसचिव राईले विगतका दिनमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी हुँदै गएका बताउँदै नेपाल प्रहरीसँग गरिएको सम्झौता पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौतामा सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण, पारदर्शी नतिजा, तोकिएको कार्य समयमै सम्पादन, गृह प्रशासन सुधार कार्ययोजनालगायतका कुरा समेटिएका छन् ।

एक आर्थिक वर्ष अवधि रहने उक्त कार्यसम्पादन सम्झौतामा सात कार्य शर्तहरु र २२ कार्यसम्पादन लक्ष्य तथा सूचक रहेका प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ९ : १९ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक