२०८३, २१ भाद्र सोमबार

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने


भोजपुर, २ भदौ : बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता नहुने भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा आज बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम शुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी दिनुभयो ।

प्रसूति गराउन स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जान बाध्य बनाउने उद्देश्यले यस्तो नियम लागू गराइएको अध्यक्ष राईको भनाइ छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् ।

बर्थिङ सेन्टरको स्थापनाले घरमा प्रसूति गराउँदा आमा र शिशुको ज्यान जाने जोखिम पनि कम हुने स्वास्थ्य चौकीले जनाएको छ । उक्त सेन्टर वान हट वल्र्ड वाइड नामक संस्था र वडा कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनका लागि वनहर्टले रु दुई लाख ५० हजार बराबरको सामग्री प्रदान गरेको छ भने वडा कार्यालयले रु तीन लाख ५० हजार खर्च गरेको छ । वडा कार्यालयले स्वास्थ्य संस्थाका पाँच कर्मचारीलाई कामको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसमेत वितरण गरेको छ ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ९ : ४४ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ