२०८३, २९ श्रावण शनिबार

थाहापाई राख्नुहोस्, कुन बार कुन देवताको ब्रत बस्ने ?

थाहापाई राख्नुहोस्, कुन बार कुन देवताको ब्रत बस्ने ?


काठमाडौं २ भदौ : हप्ताको हरेक दिन कुनै न कुनै भगवान्लाई समर्पित गरिएको हुन्छ । प्रत्येक दिन कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ यस्तै हप्ताको हरेक दिन कुन भगवानको ब्रत बस्ने भनेर पनि छुट्टाईएको छ । प्रत्येक विशेष दिनमा उपवास सम्बन्धी फाईदाहरू पनि अद्वितीय रहेका छन् । धार्मिक शास्त्र अनुसार यस्तो रहेको छ बार अनुसार भगवानको ब्रतस्

आइतबारको ब्रत (सूर्य देव) हिन्दु धर्म अनुसार यस दिन सूर्य देवको ब्रत बसिने गरिन्छ । ब्रतालुहरूले एक छाक अलिनो ९नुन नभएको० खाना खाएर उदाउदै गरेको सुर्यलाई पूजा गरेर ब्रतको आरम्भ गर्ने गर्दछन् । साथै सुर्य देवलाई प्रसन्न गर्नको लागी रातो वस्त्रको प्रयोग निकै लाभ दायी मानिएको छ । साथै पूजामा रातो फूल राख्नु पर्दछ ।

सोमबारको ब्रत (शिवजी) भगवान शिवलाई भोलेनाथको रुपमा पनि पूजिने गरिन्छ र मान्यता अनुसार उनी सजिलैसँग प्रसन्न हुने देवता मानिन्छ। यहि मान्यता अनुसार धेरै व्यक्तिहरुले सोमबारको दिन भागवान शिवको ब्रत राख्ने गर्दछन् । यो दिन दिउँसोको समयमा एक पटक मात्र खाना खाएर बसिने गरिन्छ । अधिकांश अविवाहित स्त्रीहरूले यो ब्रत राम्रो पति पाउनको लागी बस्ने गर्दछन् । ब्रतको समयमा व्यक्तिहरुले शिव पुराण पढ्ने गर्दछन् । यस दिन शिव मन्दिर गएर विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने र ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ।

मंगलबारको ब्रत (गणेश) धेरै भक्तहरू मंगलबारको दिन गणेश मन्दिर जाने गर्दछन् । भगवान गणेशको ब्रतमा पिठोबाट बनेको परिकार र शक्खर दिउसोको समयमा एक पटक मात्र खानु पर्दछ । धेरै जसो हिन्दु धर्मालम्बीहरुले २१ मंगलबार ओटा निरन्तर ब्रत राख्ने गर्दछन् । मंगलबारको ब्रतले हनुमानलाई मात्र नभएर मंगल ग्रहलाई पनि प्रशंन्न गर्ने गर्दछ । मंगल ग्रहलाई समस्याको निर्माता मानिन्छ र यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन ब्रत राखिने गरिन्छ । साथै यस दिन विशेष गरी गणेश भगवानको पनि पुजा गरिन्छ ।

बुधबारको ब्रत (कृष्ण) यस दिन बिशेष गरे भगवान कृष्णको ब्रत बस्ने गरिन्छ । कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ। बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन नयाँ कामको थालनी गर्दा पनि शुभ हुने विश्वास रहेको छ ।

बिहिबारको ब्रत (विष्णु) यस दिन वर्तालु भक्तजनहरुले पहिले वस्त्र धारण गरी एकछाक दूधबाट बनेको परिकार, चना र दाल खानुपर्दछ। बिष्णुको पूजामा दूध, घ्यू, पहेलो फुल समावेश गरेर श्रीमद्भभागवत पुराण पाठ पढ्ने या सुन्ने गर्दछन् ।

शुक्रबारको ब्रत (महालक्ष्मी, अन्नपूर्णेश्वरी माता, दुर्गा भवानी) शुक्रबार माताहरुको ब्रत समर्पित गरिएको छ । वर्तालु भक्तजनहरुले यस दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गर्दै मिठाईका परिकारहरू पनि बाढ्ने गर्दछन् ।

शनिबार (शनिदेव)देवताहरुमा सबैभन्दा भयानक र दयालु ग्रह मानिने शनिदेवको बक्र दृष्टिबाट बच्नको लागी सधै यस दिन शनिको ब्रत बस्ने गरिन्छ । यस दिन ब्रतालु भक्तजनहरुले कालो वस्त्र लगाएर बेलुका एक छाक अलिनो खाएर ब्रत बसिने गरिन्छ । धर्म दर्शन

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ८ : ०५ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका