२०८२, २२ जेष्ठ बिहीबार

थाहापाई राख्नुहोस्, कुन बार कुन देवताको ब्रत बस्ने ?

थाहापाई राख्नुहोस्, कुन बार कुन देवताको ब्रत बस्ने ?


काठमाडौं २ भदौ : हप्ताको हरेक दिन कुनै न कुनै भगवान्लाई समर्पित गरिएको हुन्छ । प्रत्येक दिन कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ यस्तै हप्ताको हरेक दिन कुन भगवानको ब्रत बस्ने भनेर पनि छुट्टाईएको छ । प्रत्येक विशेष दिनमा उपवास सम्बन्धी फाईदाहरू पनि अद्वितीय रहेका छन् । धार्मिक शास्त्र अनुसार यस्तो रहेको छ बार अनुसार भगवानको ब्रतस्

आइतबारको ब्रत (सूर्य देव) हिन्दु धर्म अनुसार यस दिन सूर्य देवको ब्रत बसिने गरिन्छ । ब्रतालुहरूले एक छाक अलिनो ९नुन नभएको० खाना खाएर उदाउदै गरेको सुर्यलाई पूजा गरेर ब्रतको आरम्भ गर्ने गर्दछन् । साथै सुर्य देवलाई प्रसन्न गर्नको लागी रातो वस्त्रको प्रयोग निकै लाभ दायी मानिएको छ । साथै पूजामा रातो फूल राख्नु पर्दछ ।

सोमबारको ब्रत (शिवजी) भगवान शिवलाई भोलेनाथको रुपमा पनि पूजिने गरिन्छ र मान्यता अनुसार उनी सजिलैसँग प्रसन्न हुने देवता मानिन्छ। यहि मान्यता अनुसार धेरै व्यक्तिहरुले सोमबारको दिन भागवान शिवको ब्रत राख्ने गर्दछन् । यो दिन दिउँसोको समयमा एक पटक मात्र खाना खाएर बसिने गरिन्छ । अधिकांश अविवाहित स्त्रीहरूले यो ब्रत राम्रो पति पाउनको लागी बस्ने गर्दछन् । ब्रतको समयमा व्यक्तिहरुले शिव पुराण पढ्ने गर्दछन् । यस दिन शिव मन्दिर गएर विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने र ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ।

मंगलबारको ब्रत (गणेश) धेरै भक्तहरू मंगलबारको दिन गणेश मन्दिर जाने गर्दछन् । भगवान गणेशको ब्रतमा पिठोबाट बनेको परिकार र शक्खर दिउसोको समयमा एक पटक मात्र खानु पर्दछ । धेरै जसो हिन्दु धर्मालम्बीहरुले २१ मंगलबार ओटा निरन्तर ब्रत राख्ने गर्दछन् । मंगलबारको ब्रतले हनुमानलाई मात्र नभएर मंगल ग्रहलाई पनि प्रशंन्न गर्ने गर्दछ । मंगल ग्रहलाई समस्याको निर्माता मानिन्छ र यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन ब्रत राखिने गरिन्छ । साथै यस दिन विशेष गरी गणेश भगवानको पनि पुजा गरिन्छ ।

बुधबारको ब्रत (कृष्ण) यस दिन बिशेष गरे भगवान कृष्णको ब्रत बस्ने गरिन्छ । कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ। बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन नयाँ कामको थालनी गर्दा पनि शुभ हुने विश्वास रहेको छ ।

बिहिबारको ब्रत (विष्णु) यस दिन वर्तालु भक्तजनहरुले पहिले वस्त्र धारण गरी एकछाक दूधबाट बनेको परिकार, चना र दाल खानुपर्दछ। बिष्णुको पूजामा दूध, घ्यू, पहेलो फुल समावेश गरेर श्रीमद्भभागवत पुराण पाठ पढ्ने या सुन्ने गर्दछन् ।

शुक्रबारको ब्रत (महालक्ष्मी, अन्नपूर्णेश्वरी माता, दुर्गा भवानी) शुक्रबार माताहरुको ब्रत समर्पित गरिएको छ । वर्तालु भक्तजनहरुले यस दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गर्दै मिठाईका परिकारहरू पनि बाढ्ने गर्दछन् ।

शनिबार (शनिदेव)देवताहरुमा सबैभन्दा भयानक र दयालु ग्रह मानिने शनिदेवको बक्र दृष्टिबाट बच्नको लागी सधै यस दिन शनिको ब्रत बस्ने गरिन्छ । यस दिन ब्रतालु भक्तजनहरुले कालो वस्त्र लगाएर बेलुका एक छाक अलिनो खाएर ब्रत बसिने गरिन्छ । धर्म दर्शन

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ८ : ०५ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक