२०८३, २४ भाद्र बिहीबार

चार प्रहरी जवान घुससहित पक्राउ

चार प्रहरी जवान घुससहित पक्राउ


काठमाडौं भदौ २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ ।

प्रहरी जवान बलायर र साउदलाई जनही रु एक÷एक लाख बिगो माग गर्दै आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ७ : २५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको