२०८३, ८ कार्तिक आईतबार

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा


बनेपा, २ भदौ: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलडाँडामा रहेको काभ्रे बहुमुखी क्याम्पसले ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा गरेको छ । विसं २०३७ मा स्थापित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्र्रस्तुत मापदण्ड पूरा गरिसकेको क्याम्पस प्रमुख केजी बैदारले बताउनुभयो ।

“क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रस्तुत मापदण्ड, नीति तथा कार्यविधि, पाठ्यक्रम, शिक्षण सिकाइ तथा मुल्याङ्कन पद्धति, अनुसन्धान परामर्श तथा विस्तार सेवा, पूर्वाधार तथा सिकाइ स्रोत, विद्यार्थी सहयोग तथा परामर्श सेवा, सूचना प्रणाली र सार्वजनिक सूचना सम्प्रेषन गरी आठ वटा नै मापदण्ड पूरा गरेकाले सो प्रत्यापित चक्र पूरा गरेका छौँ”, क्याम्पस प्रमुख बैदारले आज पत्रकार सम्मेलनको आयोजना गरी भन्नुभयो, “अब औपचारिक रुपमा प्रमाणपत्र प्राप्त गर्न मात्रै बाँकी छ ।”सो चक्र पूरा गरेपछि कुनै पनि विद्यार्थीले क्याम्पसमा अध्ययन गरिरहेको अवस्थामा कारणवश विदेशमा गएर अध्ययन गर्नुपर्ने अवस्थामा त्यहाँ पुगेर जुन सेमेस्टरमा पढ्नुपर्ने हो त्यसमा सजिलै भर्ना भएर पढ्न पाउने छन् । नेपालमा गुणस्तर सुनिश्चितता प्रत्यापन चक्र पूरा गरेका क्याम्पस करीब दुई दर्जन मात्रै रहेका छन् ।

ति क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यापन भएपछि राष्ट्रियस्तरको भई बिएचएम, विविए, विएस्सी र विएलगायतका कार्यक्रम सञ्चालन गर्न सक्ने शैक्षिक एवं प्राज्ञिक आधार निर्माण भएका क्याम्पस बन्ने नीति छ । ती कार्यक्रमहरु सञ्चालन गर्नका लागि ४० रोपनी जग्गा आवश्यक पर्ने भएको हुनाले बनेपा आसपासमा ठाउँमा खोजी गर्न क्याम्पस लागि परेको जनाइएको छ । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म विभिन्न सङ्कायको पढाइ हुँदै आएको सो क्याम्पस काठमाडौँ पूर्वकै नमूना क्याम्पसका रुपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोधर कायस्थले बताउनुभयो ।

हाल १८ रोपनी १० आना जग्गामा फैलिएको सो क्याम्पसको जग्गामा पाँच वटा भवन निर्माण भइसकेका र अरु निर्माणको चरणमा रहेका छन् । क्याम्पसमा हाल विद्युतीय पुस्तकालयसहितको जनमत वाङ्मय पुस्तकालय सञ्चालनमा छ । अब छिट्टै सार्वजनिक पुस्तकालयका रुपमा सञ्चालन गरिने क्याम्पसले जनाएको छ ।रासस

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ७ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना