२०८३, ९ असार बुधबार

भक्तपुरमा असारको कामले सडकको अवस्था नाजुक

भक्तपुरमा असारको कामले सडकको अवस्था नाजुक


मध्यपुरथिमि, २ भदौ: वर्षा शुरुभएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोट–सिरुटार र बालकोट–चाँगाथली जाने सडकको अवस्था नाजुक बनेको छ । असार लागेपछि सडक विस्तारको काम शुरु गरेसँगै यी दुई सडकको बिग्रिदा यहाँका बासिन्दाले दुई महीनादेखि सास्ती झेल्नुपरेको छ । बालकोट–सिरुटार जोड्ने ढुङ्ग्रे खोलामा जेठ लागेपछि पुल र सिरुटार–बिरुवा सडकमा बाटो विस्तारको काम शुरु भएपछि यहाँका बासिन्दाले दैनिक सास्ती खेप्नुपरेको हो । वर्षा लागेपछि सडक विस्तार गरी पर्खाल लगाउदा निस्केको माटो सडक भरी छरिँदा दैनिक दर्जनौँ मोटरसाइकल दुर्घटना हुने गरेका छन् ।

साथै निर्माण कै क्रममा ढुङ्गा र माटो जथाभावी थुपारिदा साँघुरो बनेको सडकमा हरेक दिन बिहान ७ः०० बजेदेखि नै घण्टौ सवारी जाम हुने गरेको छ । सडक जाम कै कारण १०ः०० बजेसम्म धेरै विद्यालयका बसहरु सडकमै अलपत्र पर्ने गरेका देखिन्छन् । सूर्यविनायक नगरपालिकाको बजेटमा वर्षामा पर्खाल लगाउने काम भएको छ भने प्रदेश नं ३ को रु एक करोडको लागतमा पुल निर्माण कार्य भएको हो ।

सिरुटारका बासिन्दा मिलन केसीले वर्षामा बजेट सिध्याउन कै लागि सडक फराकिलो गर्ने, पर्खाल लाउने र पुल बनाउने काम गर्दा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको बताउनुभयो । सडक भरी खाल्डा, साँघुरो र हिलो हुनुका साथै पुल निर्माण गर्दा खोलाबाट हिड्नुपर्ने हुँदा पैदल यात्रीदेखि साना सवारी साधनलाई समेत निकै समस्या परेको उहाँको भनाइ छ ।

त्यसैगरि बालकोट पाटीधारादेखि सिरुटार जोड्ने पुलसम्म ढल निर्माणको काम शुरु हुनेभएको छ । सरकारको कूल रु पाँच करोडको लागतमा निर्माण शुरु हुन लागेको सडक विस्तार, ढल निर्माण, कालोपत्र एवं फुटपाथ निर्माण एकसातापछि शुरु हुने भएको हो । यसका लागि आवश्यक ढलहरु सडकको दायाँबायाँ थुपारिदिँदा यात्रुलाई थप सङ्कट परको छ । सूनपा–२ बालकोटका समिर श्रेष्ठले भन्नुभयो, “विकास वर्षामै मात्र हुन्छ, बालकोट धारापाटीदेखि, माइक्रोबसपार्क, सिरुटार पुलसम्म २५ वटा ठूला खाडल छन्, राजकुलो मासिँदा खेतभरीको पानी बाटोबाट बग्छ, सडकमा तीन फिट गहिरा खाडल हुँदा दैनिक दुर्घटना हुन्छ, त्यसको जिम्मेवारी कसको ?”

काठमाडाँै जान यहाँका बासिन्दालाई अर्को वैकल्पिक सडक नहुँदा निकै सास्ती खेप्नुपरेको हो । वडा नं २ बाट ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथली एवं टीकाथली जाने सडकको अवस्था पनि उस्तै छ । गतवर्ष विस्तार गरि ढल राखिएको उक्त सडकमा यसवर्ष प्रदेश नं ३ को रु ५० लाखको बजेटबाट कालोपत्रे गर्ने काम वर्षा मै शुरु भएपछि सडकको दुरावस्था भएको हो । ललितपुरको टीकाथली तथा चाँगाथलीका बासिन्दा पानी लिनदेखि खाद्यान्न लिनसमेत बालकोट आउने गरेका तर दुई महीनादेखि बाटो बन्द हुँदा सास्ती खेप्नुपरेको बताउछन् ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ६ : ५० बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि