२०८२, २५ फाल्गुन मंगलबार

भोटेकोशीले बगायो बेलीब्रिज, नदी आसपासका बस्तीमा थपियो त्रास

भोटेकोशीले बगायो बेलीब्रिज, नदी आसपासका बस्तीमा थपियो त्रास


रसुवा, २ भदौं । रसुवाको भोटेकोशी नदीमा अचानक बढेको बाढीका कारण टिमुरे लगायत त्रिशुली नदी छेउका बस्तीहरुमा त्रास बढेको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरेलगायत त्रिशुली नदीका छेउका बस्तीको जनजीवन तनाबग्रस्त बनाएको हो ।

गए राति नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साइरन बजाएको थियो । रसुवा भन्सार याडमा भन्सार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राति नै सारियो ।

जिल्लाको उत्तरगया गाँउपालिका–१ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भूकम्पबाट विस्थापित भएका बासिन्दा समेत समयमै सूचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाएका छन् ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले बताएका छन् । उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् । भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताएका छन् ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ८ : ३० बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल