२०८३, १९ श्रावण बुधबार

घरटहरा भत्काएपछि भोलीबाट नगरकोट बन्द हुने

घरटहरा भत्काएपछि भोलीबाट नगरकोट बन्द हुने


भक्तपुर, १ भदौ : भक्तपुरमा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा रहेको साना तथा मझौला व्यवसायीले नगरकोटलाई अनिश्चित कालको लागि बन्दको घोषणा गरेका छन् । भोली सोमबारबाट साना तथा मझौला व्यवसायी संघले बन्दको आव्हान गरेको हो ।

नगरकोटमा व्यवसाय सञ्चालन गर्दै आएका साना तथा मझौला व्यवसायीहरुको टहरालाई जिल्ला वन कार्यालय भक्तपुर र चागुनारायण नगरपालिकाले हटाएपछि व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । नगरको वडा नम्बर ६ का स्थानीय ४० बर्षदेखि बसोबास गर्दै आएको क्षेत्रका घरटहरालाई नगरपालिकाले निशाना बनाएको छ । पीडितहरुले न्यायको लागि बन्द आव्हान गरेको बताएका छन् ।

टहरा भत्काईएपछि झण्डै ५ सय घरधुरी प्रभावित भएका छन् । राज्यले कुनै योजना नबनाइ घरटहरा हटाउनु दुर्भाग्यपूर्ण रहेको र यो निर्णय सच्चाउन सम्बन्धित निकायलाई समेत संघले आग्रह गरेको छ। नजिकिदै गरेको पर्यटन बर्ष २०२० को धज्जी उडाउँदै जनभावना विपरित स्थानीय सरकार लाग्नु दुखद भएको संघको ठम्याइ छ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ९ : ५७ बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा