२०८३, १३ कार्तिक शुक्रबार

काभ्रेमा तामाङ प्रसारण दिवसमा नेवा ताम्सालिङका लागि सम्वाद

काभ्रेमा तामाङ प्रसारण दिवसमा नेवा ताम्सालिङका लागि सम्वाद


काभ्रे, भदौ १ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले आइतबार २० औं स्थापना दिवस तथा २५ औं तामाङ प्रशारण दिवस मनाएको छ । संघीय प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङको प्रमुख आतिथ्यतामा स्थापना दिवसको अवसरमा फोनिजले प्रदेश नम्बर ३ को प्रस्तावित नाम ” नेवा-ताम्सालिङ” विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमा संघीय सांसद गंगाबहादुर दोङ ‘बमध्वज’, प्रदेश सांसद रत्न ढकाल, नेकपाका नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, नेकपा क्रान्तिकारी (माओवादी) का केन्द्रीय सदस्य कान्छाराम तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषदका टाँसी लामा, प्रेस संगठन नेपालका केन्द्रीयसदस्य डीलबहादुर थोकर ‘ग्याम्जो’ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमा सद्भावपूर्ण वातावरण हुनुपर्ने, पहिचानका लागि भाषा संस्कृतिको संरक्षण गरि सबैलाई एउटै सुत्रमा बाध्नुपर्ने कार्यक्रमका प्रमुख अथिति दोङले बताए । कार्यक्रममा प्रदेश सांसद रत्न ढकालले नामाकरणको सम्बन्धमा देखिएको समस्याको बारेमा चर्चा गरेका थिए । कार्यक्रमा हिरामान लामा, मोतिराम तिमल्सिना, पेमा लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आदिबासी जनजाती पत्रकार महासंघ नेपाल जिल्ला कार्यसमिती काभ्रे र तामाङ पत्रकार संघ नेपाल काभ्रेको संयुक्त आयोजनामा भएको कार्यक्रममा घेदुङ काभ्रेका अध्यक्ष फूर्साङ तामाङ, काभ्रेका सन्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ९ : ५२ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित